बिहीबार, भदौ ४, २०८३

निधिको उपस्थितिमा डडेल्धुरा कांग्रेसको अनसन स्थगित

नेपाली कांग्रेस डडेल्धुराका नेता, कार्यकर्ताहरुले डडेल्धुरामा गरिएका वडा तथा पालिका अधिवेशन बदर गर्न माग गर्दै केन्द्रीय कार्यालयमा गरिएको अनशन स्थगित गरेका छन्।
 |  मंगलबार, मंसिर १४, २०७८

नेपाल समय

नेपाल समय

मंगलबार, मंसिर १४, २०७८

काठमाडौं - नेपाली कांग्रेस डडेल्धुराका नेता, कार्यकर्ताहरुले डडेल्धुरामा गरिएका वडा तथा पालिका अधिवेशन बदर गर्न माग गर्दै केन्द्रीय कार्यालयमा गरिएको अनशन स्थगित गरेका छन्।

नेपाली कांग्रेसका उपसभापति विमलेन्द्र निधिको उपस्थितिमा मंगलबार अनशन स्थगित गरिएको हो। नेपाली कांग्रेस डडेल्धुरा जिल्ला सभापति कर्ण बहादुर मल्ललगायतका नेता, कार्यकर्ताहरुले हटाइएका क्रियाशील सदस्यता कायम गर्नुपर्ने, अवैधानिक ढंगले थपिएका क्रियाशील सदस्यता खारेज गर्नुपर्ने, अवैधानिक वडा-पालिका अधिवेशन बदर गरी अधिवेशनको नयाँ मिति तय गर्नुपर्ने माग गर्दै मंसिर १ गतेदेखि अनशन सुरु गरेका थिए। 

उपसभापति निधिले अनशनकारीहरुको पीर मर्काहरु पार्टीको प्रदेश अधिवेशन र महाधिवेशनको बेलामा पनि आम जनताको बीचमा राखेर जाँदा राम्रो हुने निर्देशन दिएपछि अनशन तोडिएको कांग्रेस डडेल्धुरा सभापति कर्णबहादुर मल्लले बताए। 

उपसभापति निधिले डडेल्धुरामा उजुरी छानविन नगरी वडा-पालिकाहरुको अधिवेशन गरिनु गम्भीर विषय रहेको भन्दै डडेल्धुरा कांग्रेसका नेता कार्यकर्ताहरुको माग र आग्रहहरु प्रति आफ्नो एकयवद्धता रहेकोसमेत बताएका छन्। 

प्रकाशित: Nov 30, 2021| 18:38 मंगलबार, मंसिर १४, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...