बिहीबार, भदौ ४, २०८३
  • गृहपृष्ठ
  • राजनीति
  • विश्‍वप्रकाशलाई देउवाले भने - हतार नगर्नुस्, अब पालो तपाईंहरुकै हो

विश्‍वप्रकाशलाई देउवाले भने - हतार नगर्नुस्, अब पालो तपाईंहरुकै हो

कार्यक्रममा बोल्दै प्रवक्ता विश्वप्रकाश शर्माले १४ औँ महाधिवेशनबाट पार्टीमा रुपान्तरण आवश्यक रहेको भन्दै राजनीतिमा परिवर्तनका लागि ‘वान, टु, थ्री, फोर’को प्रस्ताव अघि सारेको बताएका थिए। विश्‍वप्रकाशको प्रस्तावमा वान, टु, थ्री, फोरको अर्थ एक पटक राष्ट्रपति, दुई पटक प्रधानमन्त्री, तीन पटक मन्त्री र चार पटकभन्दा बढी सांसद हुन नपाइने व्यवस्था लागु गर्नु हो।
 |  मंगलबार, मंसिर १४, २०७८

नेपाल समय

नेपाल समय

मंगलबार, मंसिर १४, २०७८

काठमाडौं- प्रधानमन्त्री एवम् नेपाली कांग्रेस सभापति शेरबहादुर देउवाले प्रवक्ता विश्‍वप्रका शर्मालाई हतार नगर्न सुझाउँदै पार्टीमा भनेजस्तै गर्न गाह्रो भएको बताएका छन्। 

नेता रामचन्द्र घिमिरेद्वारा लिखित ‘राजनेता शुवर्ण शमशेर’ पुस्तक विमोचन गर्दै प्रधानमन्त्री देउवाले जिम्मेवारीमा बसेर निर्णय गर्न भन्‍न जति सहज नभएको बताएका हुन्। 

कार्यक्रममा बोल्दै प्रवक्ता विश्वप्रकाश शर्माले १४ औँ महाधिवेशनबाट पार्टीमा रुपान्तरण आवश्यक रहेको भन्दै राजनीतिमा परिवर्तनका लागि ‘वान, टु, थ्री, फोर’को प्रस्ताव अघि सारेको बताएका थिए। विश्‍वप्रकाशको प्रस्तावमा वान, टु, थ्री, फोरको अर्थ एक पटक राष्ट्रपति, दुई पटक प्रधानमन्त्री, तीन पटक मन्त्री र चार पटकभन्दा बढी सांसद हुन नपाइने व्यवस्था लागु गर्नु हो।

जवाफमा देउवाले आफूले सकेजति राम्रै गर्न खोजेको र कार्यान्वयन गर्न भनेजस्तो सजिलो नभएकोले नहतारिन सुझाएका हुन्। देउवाले भने, 'अहिले नहतारिनुस्। अहिले हतारिएर केही हुँदैन। अब पालो तपाईंहरूकै हो। तपाईंहरूको पनि पालो आउँछ। त्यतिबेला कस्तो गर्नुहुन्छ, हेरौँला। भन्न सजिलो छ, गर्न गाह्रो छ,’ देउवाले भनेका थिए। 

कार्यक्रममा बोल्दै सहमहामन्त्री प्रकाशशरण महतले देउवाले समयमा निर्णय नगर्दा समस्या हुने गरेको बताएका थिए। जवाफमा देउवाले पार्टीमा आफूले परिपक्क निर्णय गर्ने गर्दा ढिलो हुने गरेको पनि बताएका छन्। 

उनले भने, ‘निर्णय गर्ने भनेर मात्रै हुँदैन। निर्णय कस्तो गर्ने भन्‍ने कुरा मुख्य हो। निर्णय गर्दा परिपक्क निर्णय गर्नुपर्छ। निर्णय गरेर पछुताउनुभन्दा निर्णय नगर्नु नै राम्रो हुन्छ,’ देउवाले जवाफमा भनेका थिए।

उनले कांग्रेसका संस्थापक नेता शुवर्ण शमशेरले कांग्रेस र नेपाली राजनीतिमा महत्वपूर्ण योगदान पुर्‍याएको स्मरण गरेका छन्।



प्रकाशित: Nov 30, 2021| 18:06 मंगलबार, मंसिर १४, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...