बिहीबार, भदौ ४, २०८३

माओवादीबाट आएका तीन नेता अटाए एमाले पदाधिकारीमा

उपाध्यक्षमा निर्वाचित रामबहादुर थापा र सचिवमा निर्वाचित लेखराज भट्ट र टोपबहादुर रायमाझी पूर्व माओवादीबाट एमालेमा विलय भएका हुन्।
 |  मंगलबार, मंसिर १४, २०७८

नेपाल समय

नेपाल समय

मंगलबार, मंसिर १४, २०७८

काठमाडौं– पूर्व माओवादीबाट एमालेमा विलय भएका मुख्य तीन नेता एमालेको नवनिर्वाचित पदाधिकारीमा बन्न सफल भएका छन्। उपाध्यक्षमा निर्वाचित रामबहादुर  थापा र सचिवमा निर्वाचित लेखराज भट्ट र टोपबहादुर रायमाझी पूर्व माओवादीबाट एमालेमा विलय भएका हुन्। 

रामबहादुर थापा पूर्व गृहमन्त्री हुन्। उनी तत्कालीन नेकपाका केन्द्रीय सचिवालयका सदस्य थिए भने त्यसअघि माओवादी केन्द्रका महासचिव थिए। २०७४ मा वाग्मती प्रदेशबाट राष्ट्रिय सभामा निर्वाचित उनी सर्वोच्च अदालतले नेकपाको दर्ता बदर गरेपछि उनले माओवादी छोडेर एमाले प्रवेश गरेका थिए। त्यसपछि उनी राष्ट्रिय सभा सदस्यबाट पदमुक्त भए। २०७८ जेठ ६ मा भएको उपनिर्वाचनमा उनी राष्ट्रिय सभा निर्वाचनमा गठबन्धनको उमेदवार डा. खिमलाल देवकोटासँग पराजित भएका थिए। 

जनयुद्धकालदेखि शान्तिप्रक्रियामा सहभागी हुँदा समेत उनी माओवादी केन्द्रका अध्यक्ष दाहालका सहपाठी र सहयोगी थिए।पार्टी एकता र वाम एकताका लागि नेता थापाले खेलेको भूमिकाका कारण पनि उनलाई केपी शर्मा ओली नेतृत्वको सरकारमा गृह मन्त्रालयको जिम्मेवारी दिइएको थियो।

टोपबहादुर रायमाझीले पूर्व उपप्रधानमन्त्री एवम् ऊर्जामन्त्री हुन्। माओवादी जनयुद्धका बेला बाबुराम भट्टराई निकट रहेका रायमाझी संविधान निर्माण लगत्तै २०७२ मा बनेको केपी ओली सरकारमा मन्त्री भएका थिए। एमाले र माओवादी केन्द्रलाई सर्वोच्चले ब्युँताएपछि उनी एमालेमा विलय भएका थिए। 

लेखराज भट्ट सुदूरपश्चिमबाट प्रतिनिधित्व गर्ने पूर्व माओवादी हुन्। माओवादी द्वन्द्वका बेला दाहालसँग अत्यन्त निकट रहेका भट्ट पनि सर्वोच्चको आदेशपछि एमालेमा विलय भएका हुन्। उनी पटकपटक मन्त्री भइसकेका छन्।

प्रकाशित: Nov 30, 2021| 19:55 मंगलबार, मंसिर १४, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...