शुक्रबार, भदौ ५, २०८३

एमाले केन्द्रीय कमिटीको पहिलो बैठक चितवनमै

दसौं महाधिवेशनबाट निर्वाचित केन्द्रीय कमिटीको पहिलो बैठक चितवनमै हुने भएको छ।
 |  मंगलबार, मंसिर १४, २०७८

नेपाल समय

नेपाल समय

मंगलबार, मंसिर १४, २०७८

चितवन – दसौं महाधिवेशनबाट निर्वाचित केन्द्रीय कमिटीको पहिलो बैठक चितवनमै हुने भएको छ। यस्तै नवनिर्वाचित केन्द्रीय कमिटीको शपथ ग्रहण पनि चितवनमै हुने एमाले नेता विष्णु रिजालले जानकारी दिए।

उनले भने, ‘विजयी नेताहरुको शपथ ग्रहणपछि बैठक बस्नेछ।’ हाल सम्पन्न  निर्वाचनको मतगणना जारी रहेको एमालेले जनाएको छ। केन्द्रीय निर्वाचन आयोगका सदस्य बाबुराम दाहालले मतगणना सुरु गरेको दुई घण्टाभित्र मतपरिणाम सार्वजनिक गर्ने तयारी भएको बताए। 

एमालेको १०औँ राष्ट्रिय महाधिवेशनअन्तर्गत मंगलबार पदाधिकारीतर्फ अध्यक्ष, उपाध्यक्ष र सचिवमा निर्वाचन भएको छ। यस्तै केन्द्रीय समितितर्फ खुला केन्द्रीय सदस्य, प्रदेश १ (भौगोलिक क्षेत्र) खुला, प्रदेश १ महिला, समावेशी क्षेत्रको दलित खुला, थारू खुला, पिछडिएको क्षेत्र र सुदूर प्रदेशको महिलातर्फ निर्वाचन भएको छ। अरू सबै पदमा सर्वसम्मत भएको थियो।

एमाले चितवनका अध्यक्ष पार्वती रावलका अनुसार निर्वाचनमा   दुईहजार ९२ मत खसेको छ। महाधिवेशन प्रतिनिधि दुई हजार १५३ छन्।

प्रकाशित: Nov 30, 2021| 14:11 मंगलबार, मंसिर १४, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...