आइतबार, चैत ३, २०८१

जनकपुरको फोहोर उठाउन काठमाडौंमा धर्ना

आसन्न विवाहपञ्चमीको लागि जनकपुरमा मूल समारोह समिति गठन गरी तयारी तीव्र पारिँदा नगरका वडाध्यक्षहरु भने फोहोर नउठेका कारण सोको विरोध गर्न काठमाडौंमा धर्ना बसेका छन्।
 |  मंगलबार, मंसिर १४, २०७८

नेपाल समय

नेपाल समय

मंगलबार, मंसिर १४, २०७८

जनकपुरधाम– आसन्न विवाहपञ्चमीको लागि जनकपुरमा मूल समारोह समिति गठन गरी तयारी तीव्र पारिँदा नगरका वडाध्यक्षहरु भने फोहोर नउठेका कारण सोको विरोध गर्न काठमाडौंमा धर्ना बसेका छन्। लाखौं श्रद्धालु आउने जनकपुरको प्रख्यात विवाहपञ्चमीका उत्सव नजिकिँदै गर्दा नगरभरि फोहोरका डंगुर थुप्रिएर शहर कुरुप देखिएपछि सोको विरोध गर्न उनीहरु काठमाडौं गएका हुन्।

health

जनकपुर उपमहानगरपालिकाले नगरको फोहोर व्यवस्थापनमा कुनै ध्यान नदिएको भन्दै पालिका वडाध्यक्षहरुले गत कात्तिक १४ गते नगरप्रमुख लालकिशोर साहलाई कालोमोसो दल्ने चेतावनी दिएका थिए। मेयरको कार्यशैलीको विरोध गर्दै वडाध्यक्षको समूहले उनको घरअगाडि फोहोर फालेको थियो।

नगरमा अस्तव्यस्त भएको फोहोर नउठ्दा सहर दुर्गन्धित भएको र यसतर्फ नगरप्रमुख साहले कुनै चासो नदेखाएका कारण आफूहरुले बाध्य भएर उनको घर अगाडि फोहोर फालेर विरोध जनाएको वडा नम्बर–३ का अध्यक्ष दीपेन्द्र साहले बताए। वडा नम्बर–७ का अध्यक्ष जानकीराम साहले उपमहानगरलाई दुर्गन्धित बनाउने गरी थुपारिएको फोहोर व्यवस्थापनमा मेयर साहले अझै पनि बेवास्ता गरिरहे उनलाई कालोमासो दलेरै छाड्ने चेतावनी दिए।

नगरप्रमुख लालकिशोर साहले फोहोर व्यवस्थापनका लागि चासो नदेखाएको, आफूहरुलाई ट्रयाक्टरसमेत उपलब्ध नगराएको र यो समस्याप्रति कुनै वास्ता नै नराखी अन्य काममा मात्र केन्द्रित भएको आरोप लगाउँदै वडाध्यक्षहरुले सोमबार काठमाडौं नै पुगेर समेत विरोध प्रदर्शन गरेका हुन्। ‘हामी विवाहपञ्चमीको तयारीमा लागेका छौं। एकातर्फ हाम्रो तयारी सुरु भएको छ भने अर्कोतर्फ नगरभित्र जताततै फोहोरका थुप्रो छन्। यसले हाम्रो तयारी फितलो र मन खिन्न भएको छ,’ जानकी मन्दिरका उत्तराधिकारी महन्थ रामरोशन दास बताउँछन्। उनले फोहोरको थुप्रोले विवाहपञ्चमीमा नाकारात्मक सन्देश जाने भएकाले उपमहानगरलाई यसतर्फ गम्भीरतापूर्वक ध्यान दिन आग्रह गरे।

जनकपुर उपमहानगरपालिकाले नगरको फोहोर व्यवस्थापनमा कुनै ध्यान नदिएको भन्दै पालिका वडाध्यक्षहरुले गत कात्तिक १४ गते नगरप्रमुख लालकिशोर साहलाई कालोमोसो दल्ने चेतावनी दिएका थिए।

फोहोर उठाउन माग गर्दै उनीहरुले मंसिर ६ गते पनि नगरप्रमुख साहको कार्यकक्षमा ताला लगाएका थिए। काठमाडौंमा सफाइको माग गर्दै आन्दोलित वडाध्यक्षहरु विवाहपञ्चमी अगाडि नै सफाइ नभए थप कदम उठाउने चेतावनी दिएका छन्। यता, स्थानीय प्रशासन र अभियन्ताहरुले विवाहपञ्चमीलाई लक्षित गरी सरसफाइ अभियान सुरु गर्ने योजना बनाएका छन्। उनीहरुले चाँडै आफूहरुले नगर क्षेत्र सफा गर्ने बताए।

साताव्यापी मनाइने विवाहपञ्चमी महोत्सवको तयारी तीव्र पारिएको छ। त्रेतायुगमा मर्यादा पुरुषोतम भगवान श्रीराम र आर्दशनारी सीताबीच भएको विवाहको स्मरणमा प्रत्येक वर्ष मंसिर शुक्ल पञ्चमी तिथिका दिन मिथिला नगरी जनकपुरधाममा विवाह महोत्सव आयोजना गर्ने गरिन्छ। त्यसकै तयारीमा अहिले जानकी मन्दिर रहेको छ।

यस वर्ष सप्ताहव्यापी कार्यक्रमअन्तर्गत १७ गते जनकपुरधाम नगर दर्शन, १८ गते पूmलबारी लीला, १९ गते धनुष यज्ञ, २० गते तिलकोत्सव, २१ गते मटकोर, २२ गते स्वयंवर तथा विवाह र २३ गते रामलेवा विधिको कार्यक्रम आयोजना गरिनेछ।

यस वर्ष विवाहपञ्चमीमा भारतको सिमावर्ती क्षेत्र र नेपालको विभिन्न स्थानबाट लाखौं श्रद्धालु सहभागी हुने अनुमान छ। मिथिला परम्पराअनुसार सात दिनसम्म विभिन्न विधि सम्पन्न गरी वैवाहिक कार्यक्रमको आयोजना हुने सातै दिनलाई रोचक र भव्य बनाउने तयारी भइरहेको छ।

प्रकाशित: Nov 30, 2021| 13:22 मंगलबार, मंसिर १४, २०७८
citizen insidecitizen inside
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कोसी प्रदेशमा आज सार्वजनिक बिदा

कोसी प्रदेशमा आज सार्वजनिक बिदा

देश–१ को नाम कोसी कायम भएपछि उक्त प्रदेशमा आज सार्वजनिक बिदा दिइने भएको छ।
प्रदेश १ को नाम कोशी राख्न एमालेद्वारा प्रस्ताव दर्ता

प्रदेश १ को नाम कोशी राख्न एमालेद्वारा प्रस्ताव दर्ता

प्रदेश १ को नाम कोशी राख्नका लागि सत्तारुढ नेकपा एमालेले प्रदेशसभामा प्रस्ताव दर्ता गरेको छ। 
प्रदेश १ ले आज नाम पाउँदै, कोशी हुने सम्भावना

प्रदेश १ ले आज नाम पाउँदै, कोशी हुने सम्भावना

प्रदेश १ ले बुधबार नाम पाउने भएको छ। आज बस्ने प्रदेशसभा बैठकमा नामकरण सम्बन्धि प्रस्ताव पेश हुने कार्यसूची रहेको हो। 
बागमतीबाट पनि बाहिरियो राप्रपा

बागमतीबाट पनि बाहिरियो राप्रपा

हिजोमात्रै राप्रपाले प्रचण्ड सरकारबाट बाहिरिँदै समर्थन पनि फिर्ता लिएको थियो।
म्याग्दीका असला: पारखीलाई पुर्‍याउनै मुस्किल

म्याग्दीका असला: पारखीलाई पुर्‍याउनै मुस्किल

प्राकृतिक चिकित्सालयका रूपमा परिचित तातोपानी बजार पछिल्लो समय म्याग्दी नदीको चिसो पानीमा हुर्किएका असला माछाको पारखीहरूका लागि गन्तव्यको रूपमा विकास भएको हो।