बिहीबार, भदौ ४, २०८३

इञ्जिनियर्स एसोसिएसनको निर्वाचन फेरि अनिश्चित

गत वर्ष मंसिरभित्र हुनुपर्ने नेपाल इन्जिनियरिङ एसोसिएसन (एनइए) को निर्वाचन यस वर्ष मंसिरमा पनि असम्भव देखिएको छ।
 |  मंगलबार, मंसिर १४, २०७८

नेपाल समय

नेपाल समय

मंगलबार, मंसिर १४, २०७८

काठमाडौं– गत वर्ष मंसिरभित्र हुनुपर्ने नेपाल इञ्जिनियर्स एसोसिएसनको निर्वाचन यस वर्ष मंसिरमा पनि असम्भव देखिएको छ।

गत वर्षको मंसिरमा तोकिएको निर्वाचन कोरोना महामारी लगायतका कारणले नभएपछि गत कात्तिक १३ मा निर्वाचन हुनेगरी मिति तय गरिएको थियो। तर, एसोसिएसनका अध्यक्ष त्रिरत्न बज्राचार्यले १९ असोजमै सूचना जारी गर्दै कात्तिक १३ गतेका लागि तोकिएको निर्वाचन पनि २४ मंसिरका लागि सरेको घोषणा गरिदिए।

‘सरोकारवाला पक्षहरुले कात्तिक १३ गते तोकिएको निर्वाचको मिति नेपालीहरुको महान चाड दशैं, तिहार तथा छठ पर्वको समय रहने भएकाले उक्त दिनमा मतदाताहरुको सहभागिता कम हुने एवं निर्वाचन कार्यक्रमको कुनै उत्साह समेत नदेखिने भएकाले उक्त मिति बिल्कुलै अनुपयुक्त भएको हुँदा निर्वाचन मिति केही समय पर सार्नुपर्ने माग राखी यस एसोसिएसनमा दिनु भएको निवदेन उपर निर्वाचन समिति लगायत उपरोक्त सबै पक्षको संयुक्त छलफल पश्चात प्राप्त राय सुझावको आधारमा नेपाल इन्जिनियर्स एसोसिएसनको निर्वाचनलाई आगामी २०७८ मंसिर २४ गते शुक्रबारका दिन हुनेगरी सुनिश्चित भएको व्यहोरा सबैमा जानकारी गराउँदछौं,’ अध्यक्ष बज्राचार्यले जारी गरेको विज्ञप्तिमा उल्लेख गरिएको थियो। विज्ञिप्तिसँगै आगामी २४ मंसिरका लागि निर्वाचन तोकिएको थियो।

तर, केही असुन्तष्ट इन्जिनियरहरुले २४ गतेको मितिमा पनि सहभागी हुन नसकिने भन्दै निर्वाचन समितिको कार्यालयमा तालाबान्दी गरेपछि २४ मंसिरको चुनाव पनि असम्भव देखिएको हो। उम्मेदवारी तथा प्रकाशित मतदाता नामावलीमा नियम र विधानविपरित गतिविधि भएको भन्दै उक्त गतिविधि सच्याएर मात्रै निर्वाचन गराउनुपर्ने माग असन्तुष्ट पक्षले राखेको छ। 

७ मंसिरमा नेपाल इन्जिनियरिङ सोसाइटी (एनइएस)का अध्यक्ष देवनारायाण यादव र नेशनल इन्जिनियरिङ अगनाइजेसन (एनइओएन)का अध्यक्ष रामेश्वर लामिछानेले केन्द्रिय निर्वाचन कार्यसमितिको कार्यालयमा तालाबन्दी गरेका छन्। ७ मंसिरमा यादव र लामिछानेले संयुक्त रुपमा जारी गरेको विज्ञिप्तमा ७ बुँदे माग राखिएको छ। जस अनुसार उम्मेदवारी झिक्ने समयसम्म कुनै निर्णय नगरिएको र बेला बितिसकेपछि एउटा प्रकृतिका कुराहरुमा फरक फरक मापदण्ड अपनाई निर्वाचन समितिले नै विधि विपरित निर्णय गरेकाले सो विषय सम्बोधन हुनुपर्ने माग राखिएको छ। 

त्यस्तै निर्वाचन समितिले सरोकारवालसहित छलफल नगरी आफूखुसी पक्षपातपूर्ण निर्णय गरेकाले सो विषय पनि सच्याउनुपर्ने लगायत माग विज्ञप्तिमा गरिएको छ। त्यस्तै कार्यतालिकाले उम्मेदवार परिवर्तन गर्न समय दिइएको तर मतदाताहरुको नामावली अद्यावधिक गर्ने समय नदिने विषय नियमसंगत नरहेकाले पक्षपातपूर्ण तथा दोहोरो मापदण्डयुक्त नियम स्वीकार्य नहुने इन्जिनियरद्वय यादव र लामिछानेले जारी गरेको विज्ञिप्तमा उल्लेख गरिएको छ।

यता केन्द्रीय निर्वाचन समितिले पनि गत ७ मंसिरमा सूचना जारी गर्दै निर्वाचनको विषयमा सम्बद्ध पक्षहरुसँग पटक पटक औपचारिक छलफल गर्दा पनि सामाधान निस्कन नसकेको उल्लेख गरेको छ। २४ मंसिरमा तोकिएको निर्वाचनका लागि अबको २ हप्ता पनि समय बाँकी नहुँदा समितिको कार्यालयमा भएको तालाबन्दीले निर्वाचनको तयारी कार्यमा गम्भीर असर परेको समितिको भनाइ छ। समितिका संयोजक घनश्याम भट्टराईले असन्तुष्ट पक्षका केही इन्जिनियरहरु अदालतमा गएकाले अदालतको निर्णयपछि मात्रै बोल्न सकिने नेपाल समयलाई बताए। ‘एकजना दिएको उम्मेदवारीमा प्रस्तावकको समर्थन मिलेन। त्यसपछि निर्वाचन समितिद्वारा उम्मेदवारी रद्द भयो,’ उनले भने, ‘उम्मेदवारी कायम गरिपाउँ भनेर केस अदालतमा गएको छ।’

निर्वाचन अनिश्चित हुने वातावरण पैदा भएपछि संस्थामा आवद्ध सदस्यहरु सबै निरास छन्। ‘समयमै हुनुपर्ने निर्वाचन अनेक बहानामा धकेलिएको छ। यसले राम्रो सन्देश दिएको छैन,’ केन्द्रिय सदस्यका उम्मेदवारको प्रत्यासी इन्जिनियर ईश्वर पोख्रेलले भने, ‘देशमा दलहरुलाई महाधिवेशन लागेको छ तर हामीले एसोसिएसनको चुनाव गर्न सकेनौं भन्दा लाजमर्दो भइसक्यो।’


प्रकाशित: Nov 30, 2021| 13:17 मंगलबार, मंसिर १४, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...