बिहीबार, भदौ ४, २०८३

महाधिवेशन दुई दिन लम्बिँदा डेढ करोड बढ्यो खर्च

चितवनमा जारी नेकपा (एमाले)को दसौं राष्ट्रिय महाधिवेशनमा ९ करोड रुपैयाँ खर्च भएको छ।
 |  मंगलबार, मंसिर १४, २०७८

नेपाल समय

नेपाल समय

मंगलबार, मंसिर १४, २०७८

चितवन– चितवनमा जारी नेकपा (एमाले)को दसौं राष्ट्रिय महाधिवेशनमा ९ करोड रुपैयाँ खर्च भएको छ। निर्धारित समयभन्दा दुई दिन लम्बिएपछि खर्च पनि बढेको हो।

एमाले कार्यालयका सचिव शेरबहादुर तामाङका अनुसार ७ करोड ५० लाख अनुमान गरिएकोमा दुई दिन लम्बिँदा नौ करोड खर्च हुन पुगेको हो। ‘दुई दिन महाधिवेशन लम्बिनु अप्रत्याशित नै भयो। यसले अलि बढी खर्च भयो। महाधिवेशन लम्बिँदा खान–बस्न थप १ करोड ५० लाख खर्च भयो,’ महाधिवेशनको बन्द सत्र स्थलमा सौराहामा पत्रकारहरुसँग कुरा गर्दै तामाङले भने।

यकिन खर्च भने बिलहरु आएपछि थाहा हुने उनले बताए।

१० देखि १२ मंसिरका लागि तय भएको महाधिवेशन आज १४ गते सकिन लागेको हो। उद्घाटन सत्र नारायणी नदी किनारमा भएको थियो भने बन्द सत्र सौराहामा भइरहेको छ। सहमतिको प्रयास असफल भएपछि हिजो सोमबारबाट निर्वाचन प्रक्रिया प्रारम्भ भएको थियो। सोमबार राति नामावली सार्वजनिक भएपछि आज बिहान ४ बजेदेखि मतदान सुरु भएको थियो।

अध्यक्षमा वर्तमान अध्यक्ष केपी शर्मा ओली र उपाध्यक्ष भीम रावल प्रतिस्पर्धामा छन्। वरिष्ठ उपाध्यक्षमा ईश्वर पोखरेल सर्वसम्मत भए भने उपाध्यक्षमा ६ जनाका लागि ७ जना प्रतिस्पर्धामा छन्।

महासचिवमा शंकर पोखरेल सर्वसम्मत भएका छन्। उपमहासचिवमा पृथ्वीसुब्बा गुरुङ, प्रदीप ज्ञवाली र विष्णु रिमाल सर्वसम्मत भएका छन्। सचिवमा ७ जनाका लागि ९ जनाबीच प्रतिस्पर्धा हुनेछ।


प्रकाशित: Nov 30, 2021| 12:55 मंगलबार, मंसिर १४, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...