काठमाडौं– राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) अध्यक्ष पदमा उम्मेदवारी घोषणा गरेका राजेन्द्र लिङ्देनलाई डा. प्रकाशचन्द्र लोहनीले समर्थन गरेका छन्। लोहनीले राजधानीमा मंगलबार आयोजित पत्रकार सम्मेलनमा उनले लिङ्देनलाई समर्थन गरेका हुन्। लोहनीले अब महाधिवेशनमा युवा पुस्तालाई नेतृत्व हस्तान्तरण गर्न आफू सक्रिय भएर लाग्ने बताए।
उनले भने, ‘अब पार्टीको नेतृत्व युवा पुस्तालाई हस्तारण गर्ने बेला भइसकेको छ।’ उनले प्रतिनिधिहरुलाई सही विवेक प्रयोग गर्न आग्रह गरे। लोहनीले प्रजातान्त्रिक विधि र पद्धति आफ्ना लागि स्वीकार्य हुने पनि बताए।
लोहनीले भने, ‘एकताबद्ध रुपमा पार्टीलाई स्थापना गर्ने मूल मन्त्र पनि यही हो।’ उनले आफू विगतमा जस्तै भविष्यमा पनि राप्रपाप्रति समर्पित रहिरहने बताए। उनले भने, ‘तपाईंहरुसित काँधमा काँध मिलाएर नेपाल र नेपालीको हितमा काम गर्न सदा सक्रिय रहनेछु।’
‘म अन्य दुई अध्यक्षहरुलाई पनि पार्टीको हितमा अभिभावकीय भूमिका निर्वाह गर्न र नयाँ नेतृत्वलाई काम गर्न दिन अपिल गर्दछु।’
आफूले केही महिनाअघि नेतृत्व सहमतिमा टुंगिनुपर्ने प्रस्ताव गरेको र त्यो सम्भव नभए नयाँ पुस्तालाई नेतृत्व दिनुपर्ने दृष्टिकोण राखेको स्मरण गरे। उनले भने, ‘सोही धारणाअनुरुप राप्रपाको नयाँ नेतृत्वमा लिङ्गेदनका पक्षमा म उभिएको छु।’ आजको परिस्थितिमा नयाँ नेतृत्वले ठाउँ पाउनुपर्छ भन्ने मेरो भनाइ र विश्वास हो। उनले भने, ‘म अन्य दुई अध्यक्षहरुलाई पनि पार्टीको हितमा अभिभावकीय भूमिका निर्वाह गर्न र नयाँ नेतृत्वलाई काम गर्न दिन अपिल गर्दछु।’
संविधानभित्रको राजसंस्था र वैदिक सनातन हिन्दु राष्ट्र तथा प्रजातान्त्रिक विधि र पद्धतिप्रति राप्रपा प्रतिबद्ध रहेको उनको भनाइ छ। उनले भने, ‘राप्रपाका कार्यकर्ता देशभक्त छन्। सबै नेपालीको समृद्धिका लागि कटिबद्ध छन्। यस्तो अवस्थामा नयाँ प्रस्तावित नेतृत्वलाई काम गर्न दिऔं।’
राप्रपाको अध्यक्षको हैसियतले विगत दुई वर्षदेखि काम गर्दा आफू प्रति सहयोग र सद्भाव राख्ने र गल्ती र कमजोरीप्रति आलोचना गर्ने सबैलाई धन्यवाद दिए।
राप्रपाको अध्यक्षमा उम्मेदवारको घोषणा गरेका राजेन्द्र लिङ्देनले देशको अपरिहार्य आवश्यकता सम्बोधन गर्नका लागि आफूले उम्मेदवारी दिएको बताए। उनले भने, ‘म अध्यक्ष बन्नका लागि होइन, देशको अपरिहार्य आवश्यकताको सम्बोधन गर्न आफूले उम्मेदवारी दिएर नेतृत्व परिवर्तन गर्न चाहेको हुँ।’
उनले हिन्दु राष्ट्र र राजसंस्थालाई जोगाउने आफ्नो मुख्य मुद्दा रहेको पनि बताए। उनले भने, ‘म अध्यक्ष भएमा महिनाभित्रमा राप्रपा बाहिर भएका राजा र हिन्दु राष्ट्रका समर्थकलाई एकजुट बनाउनेछु।’ उनले नेताहरुलाई समयको पदचाप बुझ्न आग्रह गरे। उनले भने, ‘राप्रपाका मात्र होइन, देशभित्रका राप्रपाका समर्थकको आवाज सुन्नुपर्ने भएको छ।’
थापाले अध्यक्ष पदमा उम्मेदवारी घोषणा गरिसकेका छन्। जबराले हालसम्म उम्मेदवारी घोषणा गरेका छैनन्। उनले कसैलाई समर्थन पनि गरेका छैनन्।
राप्रपा बनाउन राप्रपाबाहिरका मानिसलाई ल्याउनुपर्ने उनको भनाइ छ। उनले कमल थापालाई यस पटकका लागि विश्राम गर्न आग्रह गरे। उनले भने, ‘म दोस्रो पुस्ताको प्रतिनिधित्व बनेर लड्न चाहेको होइन। अहिलेको सन्दर्भमा राप्रपाभित्र नेतृत्व परिवर्तन अपरिहार्य भएको छ।’
नेता धवलशमेशर राणाले एक व्यक्ति एक पद रहने बताए। उनले पार्टी बहुमतको निर्णयले चल्ने बताए। उनले भने, ‘अल्पमतमा परेकालाई पनि उचित स्थान दिइनेछ।’
राप्रपामा कमल थापा, पशुपतिशमशेर जबरा र डा. लोहनी तीन जना नेतृत्वमा छन्। थापाले अध्यक्ष पदमा उम्मेदवारी घोषणा गरिसकेका छन्। जबराले हालसम्म उम्मेदवारी घोषणा गरेका छैनन्। उनले कसैलाई समर्थन पनि गरेका छैनन्। राप्रपाको महाधिवेशन १५–१७ मंसिरमा हुँदै छ।