बिहीबार, भदौ ४, २०८३

प्रतिनिधिले नपत्याए मलाई कमिटी बाहिर बस्न आपत्ति छैन : भीम रावल

एमाले नेता भीम रावलले प्रतिनिधिहरुले पत्याएनन् भने आफूलाई कमिटी बाहिर बस्न कुनै आपत्ति नहुने बताएका छन्
 |  मंगलबार, मंसिर १४, २०७८

नेपाल समय

नेपाल समय

मंगलबार, मंसिर १४, २०७८

काठमाडौं– एमाले नेता भीम रावलले प्रतिनिधिहरुले पत्याएनन् भने आफूलाई कमिटी बाहिर बस्न कुनै आपत्ति नहुने बताएका छन्। एमालेको दसौं महाधिवेशनमा विर्नाचनमा मतदान सकिएपछि सञ्चारकर्मीसँग कुराकानी गर्दै उनले रावलले भने, ‘अध्यक्ष पदबाहेक अरु पदमा म जान्नँ। प्रतिनिधिले मत दिएनन् भने बाहिर बस्नु स्वाभाविकै हो।’

तपाईंका पक्षमा कति मत आउला भन्ने जिज्ञासामा उनले भने, ‘परिणाम आउन दिनुस् न, बरु तपाईंहरुलाई नै थाहा होला बताइदिनुस् न।’ निर्वाचनका क्रममा आचारसंहिता उल्लंघन गरिएकाले आफूले आपत्ति जनाएको उनको भनाइ छ। 

एमाले अध्यक्ष केपी ओलीले सोमबार सार्वजनिक गरेको ३०१ जनाको सूचीमा रावलको नाम केन्द्रीय सदस्यमा राखिएको थियो। उनले प्रतिस्पर्धामा पराजित भए आफू केन्द्रीय समितिमा नरहने बताए। उनले भने, ‘निर्वाचन परिणाम जे आए पनि स्वीकार्छु, तर केन्द्रीय समितिमा बस्दिनँ। केन्द्रीय सदस्यमा मेरो दाबी छैन। कसले मेरो नाम राखिदियो, थाहा भएन।’

रावलले एमाले अध्यक्ष पदमा उम्मेदवारी दिएका छन्। एमालेको नयाँ नेतृत्वका लागि रावल र केपी शर्मा ओलीबीच प्रतिस्पर्धा भएको छ। मतदान सकिएकाले अब केही बेरमा मतगणना हुने एमाले निर्वाचन समितिले जनाएको छ। मत गणना भएको तीन घण्टामा मत परिणाम आउने बताइएको छ। एमालेले निर्वाचनमा विद्युतीय मतदानको प्रयोग गरेको थियो।

प्रकाशित: Nov 30, 2021| 11:35 मंगलबार, मंसिर १४, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...