चितवन– एमाले महाधिवेशनअन्तर्गत नेतृत्व चयनका लागि भएको मतदान सकिएको छ। मतदान मंगलबार बिहान ४ बजेदेखि सुरु भएको थियो। निर्वाचनमा २०८३ भन्दा बढी मत खसेको एमाले निर्वाचन समितिले जनाएको छ। तर मत खसेको विवरण औपचारिक रुपमा सार्वजनिक हुन बाँकी छ।
अब मतदानको मुचुल्का उठाएर मतदान हुने नेता योगेश भट्टराईले सञ्चारकर्मीलाई जानकारी दिए। उनले मतगणना सुरु भएको तीन घण्टाभित्रमा मत परिणाम सार्वजनिक हुने बताए। भट्टराईले व्यक्तिगत कामका कारण केही मतदाता सोमबारै महाधिवेशनस्थलबाट फर्किसकेकाले मतदानमा सबै सहभागी हुन नसकेको बताए।
निर्वाचनमा अध्यक्ष, उपाध्यक्ष, सचिवलगायत पदाधिकारीका लागि मतदान भएको छ। यस्तै सर्वसम्मत हुन नसकेका खुलासहित विभिन्न आरक्षणका केन्द्रीय सदस्यका लागि पनि मतदान गरिएको छ। अध्यक्षमा केपी शर्मा ओली र भीम रावलले उम्मेदवारी दिएका छन्। यस्तै उपमहासचिव घनश्याम भुसालले उपाध्यक्षमा उम्मेदवारी दिएका छन्।