बिहीबार, भदौ ४, २०८३

'मत नहाल्ने' सूची बाँडिएपछि भीम रावलले भने- पार्टीमा धब्बा

नेकपा एमालेको महाधिवशेन अन्तर्गत जारी मतदानको क्रममा केपी ओली पक्षले बाँडेको ‘मत नहाल्ने’ सूचीप्रति अध्यक्षका उम्मेदवार भीम रावलले निन्दा गरेका छन्।
 |  मंगलबार, मंसिर १४, २०७८

नेपाल समय

नेपाल समय

मंगलबार, मंसिर १४, २०७८

काठमाडौं- नेकपा एमालेको महाधिवशेन अन्तर्गत जारी मतदानको क्रममा केपी ओली पक्षले बाँडेको ‘मत नहाल्ने’ सूचीप्रति अध्यक्षका उम्मेदवार भीम रावलले निन्दा गरेका छन्।

ओलीले बन्दसत्रमा पेश गरेको सूचीभन्दा बाहिरका उम्मेदवारलाई मत नहाल्ने ओली पक्षका नेता तथा कार्यकर्ताले सूचीमा नाम लेखेर पर्चाको रुपमा वितरण गरेका थिए। ‘चितवनमा एमालेको मतदान सुरू भएपछि मतदान इलाकामा पार्टी निर्वाचन आयोगको आचारसंहिता विपरीत समूह सूची बाँड्ने र त्यसको विरोध गर्नेमाथि जाइलाग्ने कार्यको निन्दा गर्दछु,’ रावलले ट्विटरमा भनेका छन्, ‘उक्त कामले पार्टीमा धब्बा लाग्छ र लोकतन्त्रलाई कमजोर बनाउँछ।'

उनले पर्चा बाँड्ने काम रोक्न निर्वाचन आयोग र सुरक्षाकर्मीलाई आग्रह गरेको बताएका छन्। बाँडिएको पर्चामा पदाधिकारीका उम्मेदवार रावल, घनश्याम भुसाल, टंक कार्की, भीम आचार्य लगायत केन्द्रीय कमिटी सदस्यका उम्मेदवार भएकाहरुको नाम तोकेर मत नहाल्न भनिएको छ।

बिहान ४ बजेपछि विभिन्न दश समूहका उम्मेदवारबीच निर्वाचन भइरहेको छ। ६९ वटा भोटिङ मेसिनमा भइरहेको मतदान ११ बजेतिर सकिने केन्द्रीय निर्वाचन समितिको आकलन छ।

प्रकाशित: Nov 30, 2021| 08:50 मंगलबार, मंसिर १४, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...