बिहीबार, भदौ ४, २०८३

बागलुङ कांग्रेसको सभापतिमा सिटौला समूहका शेरचन विजयी

बागलुङ कांग्रेसको सभापतिमा जितबहादुर शेरचन निर्वाचित भएका छन्।
 |  मंगलबार, मंसिर १४, २०७८

नेपाल समय

नेपाल समय

मंगलबार, मंसिर १४, २०७८

काठमाडौं- बागलुङ कांग्रेसको सभापतिमा जितबहादुर शेरचन निर्वाचित भएका छन्। गत शुक्रबारदेखि जारी अधिवेशनमा सभापतिका लागि ५१ प्रतिशत मत नआएपछि दोस्रो चरणको मतदान भएको थियो।

जितबहादुर कृष्णप्रसाद सिटौला समूहका हुन्। शेरचनले प्रतिस्पर्धी जगदीशचन्द्र उपाध्यायलाई १ सय ५ मतले हराएका हुन्। त्यहाँ १ हजार ६ सय ४९ खसेको थियो।

यसअघिको मतदानमा जगदीशचन्द्र उपाध्यायले ७ सय ९०, जित शेरचनले ६ सय ८६ र अर्का उम्मेदवार द्रोण कुँवरले १ सय ६४ मत पाएका थिए। कसैले पनि खसेको मतको ५१ प्रतिशत नल्याएपछि पुनः मतदान भएको हो।

विजयी सभापति शेरचन ताहाचल क्याम्पसका पूर्व स्ववियू सभापति हुन्।

प्रकाशित: Nov 30, 2021| 08:24 मंगलबार, मंसिर १४, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...