बिहीबार, भदौ ४, २०८३

एमाले निर्वाचन : बिहान ११ बजेसम्म मतदान, साँझसम्ममा परिणाम

चितवनको सौराहामा जारी नेकपा एमालेको १० औं महाधिवेशन अन्तर्गत अहिले पदाधिकारीका लागि मतदान भइरहेको छ।
 |  मंगलबार, मंसिर १४, २०७८

नेपाल समय

नेपाल समय

मंगलबार, मंसिर १४, २०७८

चितवन- चितवनको सौराहामा जारी नेकपा एमालेको १० औं महाधिवेशन अन्तर्गत अहिले  पदाधिकारीका लागि मतदान भइरहेको छ।

बिहान चार बजेदेखि मतदान सुरु भएकोमा पौने आठ बजेसम्ममा करिब साढे ११ सय प्रतिनिधिले मत हालेका छन्। एक पटकमा ६९ जनाले मतदान गर्न सक्छन्।  

बिहान ११ बजेसम्ममा मतदान सकिने निर्वाचन समितिको अनुमान छ। महाधिवेशनमा २१ सय ७५ प्रतिनिधि मतदाताको रुपमा छन्।

इलेक्ट्रोनिक मतदान भएकाले आज साँझसम्ममा अन्तिम मत परिणाम आइसक्ने अपेक्षा गरिएको छ।

सर्वसम्मत नेतृत्व चयनको प्रयास असफल भएपछि मतदान भएको हो। बन्दसत्रबाट केन्द्रीय कमिटी घोषणा गर्ने सर्वाधिकार पाएका अध्यक्ष मण्डलका अध्यक्ष केपी शर्मा ओलीले घोषणा गरेको सूचीप्रति केही नेतासँगै प्रतिनिधि सन्तुष्ट नभएपछि चुनावी प्रक्रिया सुरु भएको हो।

अध्यक्षका लागि निवर्तमान अध्यक्ष केपी शर्मा ओली र उपाध्यक्ष भीम रावल प्रतिस्पर्धामा छन्। उपाध्यक्षका लागि ओलीले घोषणा गरेकाबाहेक घनश्याम भुसाल मैदानमा छन्। सचिवमा पनि ओलीले घोषणा गरेकाबाहेक भीम आचार्य र टंक कार्की चुनाव लडेका छन्। आचार्य यसअघि पनि सचिव थिए।

वरिष्ठ उपाध्यक्षमा ईश्वर पोखरेल, महासचिवमा शंकर पोखरेल र उपमहासचिवमा प्रदीप ज्ञवाली, पृथ्वीसुब्बा गुरुङ र विष्णु रिमाल निर्विरोध भएका छन्। केही केन्द्रीय सदस्यका लागि पनि चुनाव भइरहेको छ।

प्रकाशित: Nov 30, 2021| 07:55 मंगलबार, मंसिर १४, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...