उदयपुर- नेपाली कांग्रेस उदयपुरको सभापतिमा प्रदेश १ का भौतिक पूर्वाधार विकासमन्त्री हिमाल कार्की विजयी भएका छन्। कार्की १ सय ७८ मतान्तरले विजयी भएका हुन्। उनी कांग्रेसको संस्थापन पक्षका हुन्।
कार्कीले ७ सय ६७ मत प्राप्त गर्दा निकटतम प्रतिस्पर्धी बिदुर बस्नेत ५ सय ८९ मत पाएर पराजित भए। जिल्ला कार्य समितिमा संस्थापन पक्षले दुई सदस्यबाहेक सबै पद हात पारेको छ।
उपसभापतिमा भीमचन्द्र राई र बलबहादुर तामाङ निर्वाचित भएका छन्। सचिवमा मुरारी खड्का तथा सहसचिवमा चन्द्रदीप पौडेल र टीकाराम बुढाथोकी विजयी भएका छन्।