चितवन- नेकपा एमालेको १०औँ महाधिवेशनमा पदाधिकारीका लागि मनोनयन गराएका उम्मेदवारको अन्तिम नामावली प्रकाशन गरिएको छ।
एमाले महाधिवेशनमा निर्वाचनका कार्यक्रम गर्न बनाइएको केन्द्रीय निर्वाचन आयोगले सोमबार मध्यरात पदाधिकारीमा मनोनयन गराएका उम्मेदवारको अन्तिम नामावली प्रकाशित गरेको हो।
अन्तिम नामावलीमा अध्यक्षदेखि सदस्यसम्मको उम्मेदवारी छ। वरिष्ठ उपाध्यक्ष, महासचिव र उपमहासचिवमा पनि उम्मेद्वारी दिएकाहरु निर्विरोध निर्वाचित भइसकेका छन्।