बिहीबार, भदौ ४, २०८३

केन्द्रीय सदस्य अस्वीकार गरेर चितवन छाडे लालबाबुले

नेकपा (एमाले)का नेता लालबाबु पण्डित चितवनमा जारी महाधिवेशनस्थल छोडेर काठमाडौं आइपुगेका छन्।
 |  सोमबार, मंसिर १३, २०७८

नेपाल समय

नेपाल समय

सोमबार, मंसिर १३, २०७८

चितवन– नेकपा (एमाले)का नेता लालबाबु पण्डित चितवनमा जारी महाधिवेशनस्थल छोडेर काठमाडौं आइपुगेका छन्। पदाधिकारीका आकांक्षी पण्डितलाई अध्यक्ष केपी ओलीले पदाधिकारी सूचीमा नअटाएपछि उनले महाधिवेशन नै बहिष्कार गरेका हुन्।

ओलीले प्रस्ताव गरेको केन्द्रीय सदस्यको सूचीमा परेका पण्डित केन्द्रीय सदस्य नबन्ने घोषणा गर्दै काठमाडौं फर्किएका हुन्। ‘मैले पहिले नै पदाधिकारीबाहेक अन्य पदमा बस्दिन भनेर घोषणा गरेको थिएँ। सोहीअनुसार केन्द्रीय सदस्य त्याग गरेको हुँ,’ पण्डितले भनेका छन्, 

‘बिहानको खाना खाएर म अहिले काठमाडौं फर्किसकेको छु। निर्वाचन समितिले उम्मेदवार दिने अवसर दिए पनि कुनै पनि कार्यकारी पदमा उम्मेदवार रहन अनिच्छुक भएकाले काठमाडौं फर्किएको हुँ।’ पण्डितले केन्द्रीय सदस्य अस्वीकार गर्दै सम्पूर्ण कार्यकारी पदबाट बिदा लिएको सामाजिक सञ्जालमा लेखेका छन्।

प्रकाशित: Nov 29, 2021| 14:36 सोमबार, मंसिर १३, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...