बिहीबार, भदौ ४, २०८३
  • गृहपृष्ठ
  • राजनीति
  • एमाले अध्यक्षका लागि दुई र उपाध्यक्षका लागि सातजनाको उम्मेदवारी, सार्वजनिक गरिएन उम्मेदवारको नाम

एमाले अध्यक्षका लागि दुई र उपाध्यक्षका लागि सातजनाको उम्मेदवारी, सार्वजनिक गरिएन उम्मेदवारको नाम

एमाले केन्द्रीय कमिटीमा अटाउने आकांक्षासहित केन्द्रीय कमिटीको आकारभन्दा बढीले उम्मेदवारी दर्ता गराएपछि निर्वाचन समितिले उम्मेदवारको पहिलो सूची सार्वजनिक गर्न सकेको छैन।
 |  सोमबार, मंसिर १३, २०७८

नेपाल समय

नेपाल समय

सोमबार, मंसिर १३, २०७८

चितवन– एमाले केन्द्रीय कमिटीमा अटाउने आकांक्षासहित केन्द्रीय कमिटीको आकारभन्दा बढीले उम्मेदवारी दर्ता गराएपछि निर्वाचन समितिले उम्मेदवारको पहिलो सूची सार्वजनिक गर्न सकेको छैन।

अध्यक्ष केपी ओलीले सार्वजनिक गरेको केन्द्रीय सदस्यका आकांक्षीको भन्दा बढी मनोनयन परेपछि निर्वाचन समितिलाई थप भएका उम्मेदवारको नाम फिर्ता लिन लगाएर मात्र उम्मेदवारको सूची सार्वजनकि गर्न दबाब परेको छ। 

निर्वाचन समितिका एक सदस्यका अनुसार अध्यक्षमा दुई जना, उपाध्यक्षमा सात जना र सचिवमा नौ जनाको मनोनयन परेको छ। केन्द्रीय सदस्यमा भने तोकिएको भन्दा निकै बढीको मनोनयन परेको उनले बताए। उम्मेदवारको सूची सार्वजनिक गर्नुअघि उपाध्यक्षका एक जना र सचिवका दुई जना प्रत्यासीलाई मनोनयन फिर्ता लिन नेतृत्वले दबाब दिइरहेको छ।

त्यसैगरी, केन्द्रीय सदस्यका आकांक्षीलाई पनि फिर्ताको दबाब परेका कारण निर्वाचन समितिले उम्मेदवारी दर्ता गराएकाको सूची सार्वजनिक गर्न नसकिएको जनाएको छ। निर्वाचन समितिले बिहान १० बजे उम्मेदवारको सूची सार्वजनिक गर्ने कार्यतालिका सार्वजनिक गरेको थियो।  

प्रकाशित: Nov 29, 2021| 14:29 सोमबार, मंसिर १३, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...