विराटनगर- नेपाली कांग्रेस सुनसरीको सभापतिमा संस्थापन इतर समूहका केदार भण्डारी निर्वाचित भएका छन्।
सोमबार सम्पन्न मतगणनामा भण्डारीले संस्थापन समूहका सञ्जयकुमार श्रेष्ठलाई पराजित गरेका हुन्।
२ हजार ६२६ मत मध्ये श्रेष्ठले १ हजार ३०९ मत पाउँदा भण्डारीको पक्षमा १ हजार ४२२ मत खसेको थियो।
भण्डारीसहित उपसभापतिमा इतर पक्षकै नागेशचन्द्र राई र पंकज कुमार महतो निर्वाचित भएका छन्। सचिवमा संस्थापन समूहका वीरेन्द्रकुमार शाह र इतर प्यानलका माधवकुमार घिसिङ निर्वाचित भएका हुन्। सहसचिवमा दुवैजना संस्थापन समूहका मनिषकुमार राय र गणेश सुब्बा विजयी भएका छन्।