शुक्रबार, भदौ ५, २०८३

शंकर पोखरेल एमाले महासचिव, श्रीमती र बहिनी केन्द्रीय सदस्य

एमालेका निवर्तमान अध्यक्ष केपी ओलीले सोमबार बिहान बन्दसत्रमा प्रस्ताव गरेको तीन सय एक सदस्यीय केन्द्रीय कमिटीमा एकै घरका तीन जना परेका छन्।
 |  सोमबार, मंसिर १३, २०७८

नेपाल समय

नेपाल समय

सोमबार, मंसिर १३, २०७८

दाङ- एमालेका निवर्तमान अध्यक्ष केपी ओलीले सोमबार बिहान बन्दसत्रमा प्रस्ताव गरेको तीन सय एक सदस्यीय केन्द्रीय कमिटीमा एकै घरका तीन जना परेका छन्। 

ओलीले शंकर पोखरेललाई महासचिव बनाएका छन्। मदन भण्डारीले समेत सम्भावना देखेका शंकरलाई ओलीले आफ्नो उत्तराधिकारी बनाएका हुन्।

ओलीले शंकरकी श्रीमती सुजिता शाक्य र बहिनी मेनका पोखरेललाई केन्द्रीय सदस्य बनाएका छन्। मेनका त्रिविअन्तर्गतको महेन्द्र बहुमुखी क्याम्पसमा प्राध्यापनरत छिन्।

यस्तै, एमाले सचिवमा प्रस्तावित रघुवीर महासेठकी श्रीमती जुलीकुमारी महतो केन्द्रीय सदस्य बनेकी छन्। उनी ओली सरकारमा मन्त्रीसमेत बनेकी थिइन्।

यसैगरी, एमाले केन्द्रीय कार्यालय सचिव शेरबहादुर तामाङ र उनकी श्रीमती उषाकला राईसमेत केन्द्रीय सदस्य बनेका छन्।

प्रकाशित: Nov 29, 2021| 12:44 सोमबार, मंसिर १३, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...