काठमाडौं- नेकपा एमालेका नेता ईश्वर पोखरेल वरिष्ठ उपाध्यक्षमा निर्विरोध निर्वाचित भएका छन्।
वरिष्ठ उपाध्यक्ष पदका लागि कसैको पनि उम्मेदवारी नपरेपछि पोखरेल निर्विरोध निर्वाचित भएका हुन्।
बिहान १० बजेको समयसीमाभित्र अन्य कसैको दाबी नपरेपछि पोखरेले निर्विरोध निर्वाचित हुने पक्का भएको हो। विजयी भएको औपचारिक घोषणा हुन भने बाँकी छ।