शुक्रबार, भदौ ५, २०८३

कांग्रेस सहमहामन्त्रीमा बद्री पाण्डेको उम्मेदवारी घोषणा

नेपाली कांग्रेसका युवा नेता वद्री पाण्डेले सहमहामन्त्रीमा उम्मेदवारी घोषणा गरेको छन्। कांग्रेसको १४औं महाधिवेशनमा पिछडिएका कोटाबाट उनले सहमहामन्त्रीमा उम्मेदवारी घोषणा गरेका हुन्।
 |  सोमबार, मंसिर १३, २०७८

नेपाल समय

नेपाल समय

सोमबार, मंसिर १३, २०७८

काठमाडौं- नेपाली कांग्रेसका केन्द्रीय सदस्य बद्री पाण्डेले १४औं महाधिवेशनमा सहमहामन्त्रीमा लड्ने घोषणा गरेका छन्। सोमबार बिहान अनामनगर स्थित युनियन हाउसमा पत्रकारसम्मेलन गरेर पाण्डेले सहमहामन्त्रीमा उम्मेदवारी घोषणा गरेका हुन्। उनले पिछडिएको क्षेत्रबाट सहमहामन्त्रीमा लड्ने घोषणा गरेका छन्।

‘म १२औं महाधिवेशनमा सेती प्रदेशबाट केन्द्रीय सदस्य , १३ औं महाधिवेशनमा खुल्ला केन्द्रीय सदस्य भएको हुँ। अहिले विधानको व्यवस्था अनुसार पिछडिएको क्षेत्रबाट सहमहामन्त्री लड्ने निर्णय गरेको छु,’ उनले भने,  ‘अर्को पटक म सहमहामन्त्रीको उम्मेदवार होइन। म कि उपसभापति लड्छु कि महामन्त्री लड्छु। होइन भने विश्राम गर्छु। म पद दोहोर्‍याउने पक्षमा छैन। बरु खाली बस्छु।’  उनले आफू कोइराला लिगेशीसँग जोडिएको तर सबैको सहयोगको अपेक्षा गरेको बताए। 

उनले १४औं महाधिवेशनपछि कांग्रेस सत्ता र पार्टी ठिक ढंगले जाने आशा समेत व्यक्त गरे। ‘यो नेतृत्व चयनको महाधिवेशन हो, नीति महाधिवेशन पछि हुन्छ। हामीले बेलामा महाधिवेशन गर्न सकेनौं। त्यसैले यसपटक नेतृत्व चयन हुन्छ र नीतिगत महाधिवेशन अर्थात् महासमिति बैठकबाट नीति र कार्यक्रम तय गर्नुपर्छ।’

उनले संगठन सुदृढीकरणका लागि चार ‘ब’को अवधारणा समेत अघि सारेका छन्। ‘मैले संगठन सुदृढ गर्न चार ‘ब’को अवधारणा ल्याएको छु। पहिलो ‘ब’ भनेको विचार, दोस्रो ‘ब’ भनेको विधानको अक्षरस पालना, तेस्रो ‘ब’ भनेको नियमित बैठक  र चोथौ ‘ब’ भनेको व्यवस्थापन हो,’ उनले भने, ‘चार ‘ब’ मध्ये पनि विधान महत्त्वपूर्ण हो। किनभने विधानको अक्षरस पालना भयो भने पार्टी मजबुद बन्छ।’ 

उनले पार्टी नसुध्रीकन देश नै नसुध्रिने बताए। ‘पार्टी सुधार नै अबको बाटो हो, २०४८ पछि चार चार वर्षमा महाधिवेशन भएको भए अहिले हामी १६औं महाधिवेशनको संघारमा हुने थियौं। हामीले रामचन्द्र र शेरबहादुरलाई बिदा भइदेऊ भन्नु पर्ने थिएन,’ उनले भने, ‘समयमा महाधिवेशन नहुँदा नेतृत्व जाम भयो। यसपटक पनि हामी ढिला भएका हौं। अब एक व्यक्ति एक पदको अवधारणमा अघि बढ्नुपर्छ।’

प्रकाशित: Nov 29, 2021| 11:27 सोमबार, मंसिर १३, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...