बिहीबार, चैत १९, २०८२

काठमाडौं कांग्रेस सभापतिमा गगन निकट बानिया निर्वाचित

नेपाली कांग्रेस काठमाडौंको सभापतिमा कृष्ण सबुज बानियाँ दोस्रो कार्यकालका लागि निर्वाचित भएका छन्।
 |  सोमबार, मंसिर १३, २०७८

नेपाल समय

नेपाल समय

सोमबार, मंसिर १३, २०७८

काठमाडौं- नेपाली कांग्रेस काठमाडौंको सभापतिमा कृष्ण सबुज बानियाँ दोस्रो कार्यकालका लागि निर्वाचित भएका छन्।

National life

प्रकाशमान सिंह र गगन थापाको समर्थनमा सभापतिमा उम्मेदवारी दिएका बानियाँले संस्थापन पक्षका सभापतिका उम्मेदवार उपेन्द्र कार्कीलाई भारी मतान्तरले पराजित गरेका छन्। बानियाँको प्यानल नै निर्वाचित भएको छ।

कांग्रेसको १४औं महाधिवेशनअन्तर्गत आइतबार सम्पन्न जिल्ला अधिवेशनको सोमबार बिहान सम्पन्न मतगणनाअनुसार बानियाँ १९ सय ५७ मत ल्याएर विजयी भए। प्रतिद्वन्द्वी कार्कीले १०८९ मत प्राप्त गरे।

उपसभापतिमा राजकुमार नकर्मी १८ सय २९ र गोकर्ण केसी १९ सय २२, सचिवमा इन्द्रबहादुर थापा १९ सय १५ र गोविन्द पुडासैनी १८ सय १७ र सहसचिवमा रोमेल श्रेष्ठ १७ सय ७५ र प्रा.डा. अमिता प्रधान दुई हजार ६६ मत ल्याई निर्वाचित भएका छन्।

प्रकाशित: Nov 29, 2021| 11:20 सोमबार, मंसिर १३, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...