शुक्रबार, भदौ ५, २०८३

ओलीको प्रस्तावकमा विष्णु पौडेल र समर्थकमा शंकर पोखरेल

नेकपा एमालेको अध्यक्षमा उम्मेदवारी दिएका केपी शर्मा ओलीको प्रस्तावकमा विष्णु पौडेल र समर्थकमा शंकर पोखरेल बसेका छन्।
 |  सोमबार, मंसिर १३, २०७८

नेपाल समय

नेपाल समय

सोमबार, मंसिर १३, २०७८

काठमाडौं- नेकपा एमालेको अध्यक्षमा उम्मेदवारी दिएका केपी शर्मा ओलीको प्रस्तावकमा विष्णु पौडेल र समर्थकमा शंकर पोखरेल बसेका छन्।

निर्वाचन प्रकिया सुरु भएलगत्तै आज बिहान ओलीले अध्यक्षमा उम्मेदवारी दर्ता गराएका हुन्। ओलीले उम्मेदवारी दर्ता गराउँदा उपाध्यक्षका उम्मेदवार पौडेल प्रस्तावक बसेका छन् भने महासचिवका उम्मेदवार पोखरेल समर्थक बसेका छन्। 

यसअघि अध्यक्ष पदका लागि नेता भीम रावलले उम्मेदवारी दर्ता गराएका थिए। रावललाई महादेव बजगाईंले प्रस्ताव गरेका छन् भने दुधकला बिष्टले समर्थन गरेकी छन्।



प्रकाशित: Nov 29, 2021| 10:25 सोमबार, मंसिर १३, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...