काठमाडौं- एमालेको निर्वाचनमा उम्मेदवारी दर्ता गराउनका लागि निर्वाचन अयाोगले शुल्क निर्धारण गरेको छ। आयोगले तयार गरे अनुसार अध्यक्षमा १५ हजार, पदाधिकारीमा १० हजार, केन्द्रीय सदस्यमा ५ हजार, आयोग अध्यक्षमा १० हजार, पदाधिकारी तथा सदस्यमा ५ हजार शुल्क तोकिएको छ।
उम्मेदवारी दरखास्त फारमको छुट्टै रकम तिर्नुपर्नेछ। फारम दस्तुर बराबर १०० रुपैयाँ तोकिएको छ।
उम्मेदवारी दर्ता सम्बन्धी व्यवस्थामा उम्मेदवार फारम दर्ता गर्न स्वयं उमेदवार उपस्थित हुनुपर्ने व्यवस्था गरिएको छ। विशेष कारण उपस्थिति हुन नसकेमा आयोगले तोकेबमोजिमको वारिसनामामार्फत दर्ता गर्न सकिने व्यवस्था छ।
