शुक्रबार, भदौ ५, २०८३

गुल्मी कांग्रेस सभापतिमा खिलध्वज पन्थी निर्वाचित

नेपाली कांग्रेस गुल्मी सभापतिमा खिलध्वज पन्थी निर्वाचित्त भएका छन् । जिल्लाको आठौं अधिवेशनबाट पन्थीसहित पदाधिकारीमा रामचन्द्र पौडेल पक्षको प्यानल नै विजयी भएको छ।
 |  सोमबार, मंसिर १३, २०७८

नेपाल समय

नेपाल समय

सोमबार, मंसिर १३, २०७८

गुल्मी- नेपाली कांग्रेस गुल्मी सभापतिमा खिलध्वज पन्थी निर्वाचित्त भएका छन् । जिल्लाको आठौं अधिवेशनबाट पन्थीसहित पदाधिकारीमा रामचन्द्र पौडेल पक्षको प्यानल नै विजयी भएको छ।

पन्थी १ हजार २७१ मतसहित विजयी हुँदा देउवा पक्षका सभापतिका उम्मेदवार बेद थापा मगरले ३ सय ८४ मतमा चित्त बुझाए। उपसभापतिमा शिव केसी र अनन्तराम पौडेल विजयी भएका छन्। 

सचिवमा भगतसिंह खड्का र जगदिश भट्टराई विजयी भएको निर्वाचन सहायक भीम न्यौपानेले जानकारी दिए। सहसचिवमा छवि पाण्डे र धर्म पाण्डे विजयी भएका छन्।

सदस्यमा कृष्णप्रसाद पोख्रेल, धिरेन्द्र केसी, लिलाधर आचार्य, पदम विष्ट र लोकप्रसाद खरेल विजयी भएका छन्।

प्रकाशित: Nov 29, 2021| 09:28 सोमबार, मंसिर १३, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...