शुक्रबार, भदौ ५, २०८३
  • गृहपृष्ठ
  • राजनीति
  • अध्यक्षमा उम्मेदवारी दिएपछि रावलले भने- मैले जिते आगामी चुनावमा पार्टीलाई बहुमत दिलाउँछु

अध्यक्षमा उम्मेदवारी दिएपछि रावलले भने- मैले जिते आगामी चुनावमा पार्टीलाई बहुमत दिलाउँछु

नेकपा एमालेको अध्यक्षमा उम्मेदवारी दिएका भीमबहादुर रावलको आफूले जितेमा आगामी आमनिर्वाचनमा पार्टीलाई बहुमत दिलाउने बताएका छन्।
 |  सोमबार, मंसिर १३, २०७८

नेपाल समय

नेपाल समय

सोमबार, मंसिर १३, २०७८

काठमाडौं- नेकपा एमालेको अध्यक्षमा उम्मेदवारी दिएका भीमबहादुर रावलको आफूले जितेमा आगामी आमनिर्वाचनमा पार्टीलाई बहुमत दिलाउने बताएका छन्। सोमबार बिहान अध्यक्षमा उम्मेदवारी दर्ता गराएका रावलले संक्षिप्त प्रतिक्रिया दिँदै आफूले चुनाव जिते पार्टीलाई आगामी आमनिर्वाचनमा बहुमत दिलाउने बताएका हुन्।

‘पार्टी नेतृत्वका लागि कसैले घोषणा गर्दैमा हुँदैन। त्यसैले उम्मेदवारी दर्ता गरे,’ उनले भने, ‘हरेक प्रतिनिधिलाई आफूलाई मन लागेको पदमा उठ्ने अधिकार छ। मैले त्यही अधिकार प्रयोग गरेर उम्मेदवारी दिएको हुँ।’

रावलले आइतबार राति नै मनोनयन दर्ता गराउन खोजे पनि निर्वाचन समितिले आज बिहान ८ बजेसम्मलाई स्थगन गरेको थियो। रावलको प्रस्तावकमा महादेव बजगाइँ, समर्थकमा दुधकला विष्ट रहेका छन्।

प्रकाशित: Nov 29, 2021| 09:06 सोमबार, मंसिर १३, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...