काठमाडौं- नेकपा एमालेका नेता घनश्याम भुसालले एमालेको उपाध्यक्षका लागि उम्मेदवारी दर्ता गराएका छन्।
एमालेको जारी १०औं महाधिवेशनअन्तर्गत भुसालले उपाध्यक्षका लागि उम्मेदवारी दर्ता गराएका हुन्। उनी अध्यक्ष मण्डलका अध्यक्ष केपी शर्मा ओलीले घोषणा गरेको सूचीमा अटाएका थिएनन्।
यस्तै एमाले नेता भीम रावलले पनि अध्यक्ष पदमा आफ्नो उम्मेदवारी दर्ता गराइसकेका छन्। महाधिवेशनको निर्वाचन कार्यक्रमअन्तर्गत अहिले धमाधम उम्मेदवारी दर्ता भइरहेको छ।