विराटनगर‒ नेपाली कांग्रेस मोरङको सभापति पदको पुन: निर्वाचन हुने भएको छ।
१४औं महाधिवेशनअन्तर्गत आइतबार भएको निर्वाचनमा सभापतिका तीन जना उम्मेदवार मध्ये कसैले पनि ५१ प्रतिशत मत नल्याएकाले पुन: निर्वाचन हुने भएको हो।
३ हजार ५ सय ८५ जना मतदाता रहेको मोरङ अधिवेशनमा ३ हजार ४१४ जनाले मतदान गरेका थिए। सभापति पदमा ३ हजार ३६० मत खसेको थियो। जसमा सभापतिमा उम्मेदवार डिग बहादुर लिम्बूले १ हजार ५४४, दिलिप गच्छदारले १ हजार १६६ र यदुकुमार बिष्टले ५६३ मत प्राप्त गरेका छन्।
सभापतिमा उम्मेदवारी दिएका मध्ये लिम्बु र विष्ट संस्थापन इतर पक्षका हुन भने गच्छदार संस्थापन पक्षका हुन्।