शुक्रबार, भदौ ५, २०८३
  • गृहपृष्ठ
  • राजनीति
  • यस्तो छ दर्ता हुन नसकेको भीम रावलको मनोनयन पत्र, प्रस्तावक र समर्थक को?

यस्तो छ दर्ता हुन नसकेको भीम रावलको मनोनयन पत्र, प्रस्तावक र समर्थक को?

नेकपा एमालेका उपाध्यक्ष डा. भीम रावलले दशौं महाधिवेशनमा अध्यक्षमा उम्मेदवारी मनोनयन दर्ताको तयारी पूरा गरेका छन्।
 |  सोमबार, मंसिर १३, २०७८

नेपाल समय

नेपाल समय

सोमबार, मंसिर १३, २०७८

सौराहा- नेकपा एमालेका उपाध्यक्ष डा. भीम रावलले दशौं महाधिवेशनमा अध्यक्षमा उम्मेदवारी मनोनयन दर्ताको तयारी पूरा गरेका छन्।

यद्यपि केन्द्रीय निर्वाचन आयोगले निर्वाचन कार्यतालिका स्थगन तथा संशोधन गर्दा रावलको मनोनयन दर्ता हुन सकेन।

यद्यपि रावलले आफ्नो दाबीसहित भरिसकेको मनोनयन पत्र सार्वजनिक भएको छ। पत्रमा केन्द्रीय कमिटीको अध्यक्षका लागि विधान बमोजिम योग्यता पुगेको उल्लेख छ।

रावलको उम्मेदवारीको प्रस्तावकमा महादेव बजगाइँ र समर्थन दुधकला विष्टले गरेका छन्। एमालेका दुबै कार्यकर्ता सुदूरपश्चिमबाट प्रतिनिधित्व गर्छन्।

रावलको मनोनयन पत्र केन्द्रीय निर्वाचन आयोगले दर्ता गरेर प्रमाणित गर्नेछ।



 

प्रकाशित: Nov 29, 2021| 06:42 सोमबार, मंसिर १३, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...