शुक्रबार, भदौ ५, २०८३
  • गृहपृष्ठ
  • राजनीति
  • अध्यक्षमण्डलको निर्देशन अनुसार निर्वाचन प्रक्रिया सोमबार बिहानसम्मका लागि स्थगित

अध्यक्षमण्डलको निर्देशन अनुसार निर्वाचन प्रक्रिया सोमबार बिहानसम्मका लागि स्थगित

नेकपा एमालेको अध्यक्षमण्डलको निर्देशन अनुसार सोमबार बिहानसम्मका लागि निर्वाचनका सबै पक्रियाहरु फेरि स्थगित भएका छन्।
 |  सोमबार, मंसिर १३, २०७८

नेपाल समय

नेपाल समय

सोमबार, मंसिर १३, २०७८

काठमाडौं- नेकपा एमालेको अध्यक्षमण्डलको निर्देशन अनुसार सोमबार बिहानसम्मका लागि निर्वाचनका सबै पक्रियाहरु फेरि स्थगित भएका छन्। 

यसअघि एमालेको निर्वाचन आयोगले उम्मेदवारी दर्तादेखि उम्मेदवारको नामावाली प्रकाशन र मतदानसम्मको सबै प्रक्रियाका लागि नयाँ कार्यतालिका सार्वजनिक गरेको थियो। तर, रातिको समयमा महाधिवेशन प्रतिनिधिहरुको व्यवस्थापन र फारम वितरणलगायतका प्रक्रियाहरु असहज हुने भएकोले सोमबार बिहानसम्मका लागि स्थगित गरिएको निर्वाचन आयोजका अध्यक्ष डा. विजय सुब्बा जानकारी दिएका छन्। 

उनले भने, 'रातिको समयमा निर्वाचनका प्रक्रियाहरु गर्न गाह्रो हुने अनुरोधपछि सोमबार बिहानसम्मका लागि स्थगित गरेका हौं। सोमबार बिहान ८ बजेदेखि नयाँ कार्यतालिका अनुसार निर्वाचन प्रक्रियाहरु अघि बढाइने छन्।' 

यसअघि आयोगले राति ११ बजे मतदाता नामावली प्रकाशन गरेर साढे ११ बजेसम्म उम्मेदवारको दरखास्त फारम वितरण गर्ने र राति ११:३० देखि १२:३० सम्म उम्मेदवारी दर्ताको समय दिएको थियो। राति १ बजेसम्म उम्मेदवारको नामावली प्रकाशन गर्ने कार्यक्रम तय गरिएको थियो।

त्यसैगरी राति १:२५ सम्म उम्मेदवारविरुद्ध उजुरी दिने र १:३० बजे उम्मेदवारको नामावली पुन: प्रकाशन गरिने र राति १:३० देखि २:०० बजेसम्म उम्मेदवारको नाम फिर्ता लिने समय दिइएको थियो। उम्मेदवारको अन्तिम नामावली प्रकाशन राति २:०० बजे गरिने कार्यतालिकाम उल्लेख थियो।

प्रकाशित: Nov 29, 2021| 00:25 सोमबार, मंसिर १३, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...