शुक्रबार, भदौ ५, २०८३
  • गृहपृष्ठ
  • राजनीति
  • एमाले अध्यक्षका लागि उम्मेदवारी शुल्क १५ हजार, केन्द्रीय सदस्यलाई पाँच सय

एमाले अध्यक्षका लागि उम्मेदवारी शुल्क १५ हजार, केन्द्रीय सदस्यलाई पाँच सय

नेकपा एमालेले सहमति नजुटेका पदमा आन्तरिक प्रतिस्पर्धा गराउने भन्दै निर्वाचन तालिका र मतदाता नामावली सार्वजनिक गरेको छ।
 |  आइतबार, मंसिर १२, २०७८

नेपाल समय

नेपाल समय

आइतबार, मंसिर १२, २०७८

सौराहा- नेकपा एमालेले सहमति नजुटेका पदमा आन्तरिक प्रतिस्पर्धा गराउने भन्दै निर्वाचन तालिका र मतदाता नामावली सार्वजनिक गरेको छ।

सार्वजनिक कार्यतालिकामा उम्मेदवारी दर्ताका लागि शुल्क निर्धारण गरिएको छ। जसमा अध्यक्षका प्रतिस्पर्धीले १५ हजार शुल्क बुझाउनु पर्नेछ। त्यसैगरी पदाधिकारीले १० हजार, केन्द्रीय सदस्यको उम्मेदवारी दर्ता गराउन पाँच सय तिर्नुपर्नेछ।

निर्वाचन आयोगले मध्यरातमा सार्वजनिक गरेको सूचनाअनुसार पदाधिकारीले १० हजार र केन्द्रीय सदस्यले ५ सय शुल्क बुझाएपछि मात्र उम्मेदवार हुन पाउने छन्।
राति ११ बजे मतदाता नामावली प्रकाशन गरेर साढे ११ बजेसम्म उम्मेदवारको दरखास्त फारम वितरण गर्ने र राति ११स्३० देखि १२स्३० सम्म उम्मेदवारी दर्ताको समय दिइएको छ। राति १ बजेसम्म उम्मेदवारको नामावली प्रकाशन गर्ने कार्यक्रम तय गरिएको छ।

त्यसैगरी राति १स्२५ सम्म उम्मेदवारविरुद्ध उजुरी दिने र १स्३० बजे उम्मेदवारको नामावली पुनस् प्रकाशन गरिने भएको छ। त्यसैगरी राति १स्३० देखि २स्०० बजेसम्म उम्मेदवारको नाम फिर्ता लिने समय दिइएको छ भने उम्मेदवारको अन्तिम नामावली प्रकाशन राति २स्०० बजे गरिने भएको छ।

सर्वसम्मति नभएको अवस्थामा मतदानको समय भने सोमवार बिहान ९ बजेदेखि अपरान्ह ४ बजेसम्म तोकिएको छ।

प्रकाशित: Nov 28, 2021| 23:57 आइतबार, मंसिर १२, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...