शुक्रबार, भदौ ५, २०८३

ओली बसेको होटलमा गैंडा आइपुगेपछि...

प्रत्यक्ष रुपमा गैंडा नदेखेका प्रतिनिधिहरुले पनि प्रत्यक्ष रुपमा गैंडा देख्न पाउँदा उनीहरु खुसी देखिए ।
 |  आइतबार, मंसिर १२, २०७८

नेपाल समय

नेपाल समय

आइतबार, मंसिर १२, २०७८

चितवन- नेकपा (एमाले) को १०औं राष्ट्रिय महाधिवेशनको बन्द सत्र सौराहामा जारी छ। आगामी नेतृत्व सर्वसम्मतबाट आउने कि चुनावबाट भन्नेमा अझै अन्यौलपूर्ण छ। आज आइतबार निर्वाचन हुने भनिएकोमा अझै पनि त्यसको टुंगो लागेको छैन।

आइतबार दिनभरजसो एमाले अध्यक्ष केपी ओलीको पर्खाइमा महाधिवेशन प्रतिनिधि रहे। साँझपख भने एमालेको महाधिवेशन स्थलमा गैंडा आइपुग्यो। ओली बसेको होटल पार्क सफरको गेट अगाडि नै गैंडा आएपछि बन्द सत्रका लागि सौराहा पुगेका प्रतिनिधिलाई गैंडाको फोटो र भिडियो खिच्न भ्याइनभ्याई भयो।

एमालेले महाधिवेशनको लोगोमै गैंडाको मस्कट राखेको छ। महाधिवेशनमा देशभरबाट प्रतिनिधिहरु आएका छन् । प्रत्यक्ष रुपमा गैंडा नदेखेका प्रतिनिधिहरुले पनि प्रत्यक्ष रुपमा गैंडा देख्न पाउँदा उनीहरु खुसी देखिए । तर सौराहामा यसरी आवास क्षेत्रमै गैंडा निस्किएको भने पहिलो पटक होइन ।

महाधिवेशनको बन्द सत्र होटल सेभेन स्टारमा हुँदै छ । आइतबार साँझ महाधिवेशनस्थलमा निस्किएको गैंडाको नाम मेघौली हो । यो गैंडा चितवन राष्ट्रिय निकुञ्जले २०७४ सालमा मेघौलीबाट उद्धार गरेको हो ।

बाढीमा फसेको गैंडालाई राष्ट्रिय प्रकृति संरक्षण कोष सौराहामा राखियो । गैंडाको न्वारन गरेर मेघौली नाम राखिएको हो । मेघौलीलाई तीन वर्षअघि नै प्रकृतिमा छाडिएको हो । मानिससँग घुलमिल भइरहेको मेघौली प्राय सौराहाका सडकमा आइराख्ने गरेको राष्ट्रिय प्रकृति संरक्षण कोष सौराहाका प्रमुख बाबुराम लामिछाने बताउँछन् ।

‘सौराहामा देखिएको गैंडा पहिला हामीले उद्धार गरेर पुनः जंगलमा छाडिसकेको गैंडा हो’, उनले भने, ‘मेघौली प्राय सौराहामा निस्किरहन्छ । यो मात्रै होइन अरु चार÷पाँच वटा गैंडा पनि त्यसरी निस्किने गर्छन् ।’ ती गैंडा रिसाहा नभएकाले मानिसलाई केहि नगर्ने उनी बताउँछन् ।

यद्यपी उसको नजिक गएर जिस्काउन भने नहुने उनको भनाइ छ । त्यसरी सडकमा निस्किने गैंडालाई नेपाली सेनाले स्कटिङ गर्ने गर्छन् । कोष परिसरमा अहिले पनि दुई वटा गैंडा संरक्षण गरेर राखिएको छ ।  

- न्युजकारखाना

प्रकाशित: Nov 28, 2021| 23:09 आइतबार, मंसिर १२, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...