चितवन- नेकपा एमालेको नयाँ नेतृत्व चयनका लागि अध्यक्ष मण्डल छलफलमा बसिरहँदा महाधिवेशन प्रतिनिधिहरू भने गीत, गजल र मुक्तक सुनेर बसिरहेका छन्।
रात छिप्पिँदै जाँदा पनि पदाधिकारीमा सहमति नजुट्दा प्रतिनिधि निराश हुन थालेका छन्। १२ घन्टा नाघिसक्दा पनि बन्द सत्र सुरू नभएपछि प्रतिनिधिलाई समय बिताउन गाह्रो परिरहेको छ,
अध्यक्ष केपी शर्मा ओलीले पदाधिकारीसहित ३ सय १ प्रस्तावित केन्द्रीय कमिटी सदस्यको नाम अध्यक्ष मण्डलमा छलफल जारी छ।
सौरहा, चितवनमा तीन दिन देखिजारी १० औं महाधिवेसनको तेस्रो दिन ११ घन्टा ढिलो गरि सुरू हुन लागेको बन्द सत्र अगाडि अध्यक्ष मण्डलको बैठक जारी राखिएको हो।
अध्यक्ष मण्डलमा ओलीसहित भीम रावल, अष्टलक्ष्मी शाक्य, ईश्वर पोखरेल, रामबहादुर थापा,युवराज ज्ञवाली, शेरबहादुर तामाङसहित ११ जनाले छलफल गरिराखेका छन् ।