शुक्रबार, भदौ ५, २०८३
  • गृहपृष्ठ
  • राजनीति
  • एमालेको बन्दसत्र स्थलमा ओलीका कार्यकर्ताले भने - 'माकुने मुर्दावाद'

एमालेको बन्दसत्र स्थलमा ओलीका कार्यकर्ताले भने - 'माकुने मुर्दावाद'

नेकपा एमालेको बन्दसत्रमा नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालविरुद्ध नाराबाजी भएको छ।
 |  आइतबार, मंसिर १२, २०७८

नेपाल समय

नेपाल समय

आइतबार, मंसिर १२, २०७८

काठमाडौं- नेकपा एमालेको बन्दसत्रमा नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालविरुद्ध नाराबाजी भएको छ।

अध्यक्ष केपी शर्मा ओली समर्थित कार्यकर्ताहरुले माधव नेपालविरुद्ध नाराबाजी गरेका हुन्। उनीहरुले 'माकुनेका मतियार होसियार', 'माकुने मुर्दावाद' भन्दै नाराबाजी गरेका थिए।

एमाले अध्यक्ष केपी शर्मा ओली बन्दसत्रमा आएसँगै माधव नेपालविरुद्ध नाराबाजी गरिएको थियो। 

अध्यक्ष ओलीले निर्वाचन प्रक्रियालाई अवरुद्ध गर्दे सर्वसम्मतिको नाममा जबरजस्ती गरेपछि भीम रावलले त्यसको विरोध गरेका थिए। भीम रावलले अध्यक्ष ओलीले लोकतान्त्रिक प्रणालीलाई नै समाप्त पार्न खोजेको आरोप लगाएका थिए। 

भीम रावलको  विरोध गर्ने क्रममा ओलीका कार्यकर्ताहरुलाई माधव नेपालविरुद्ध उत्रिएका हुन्। रावल लामो समयदेखि पार्टीको आन्तरिक द्वन्द्वका क्रममा नेपाल समूहका रहेका कारण ओलीका कार्यकर्ताले उनीविरुद्ध नाराबाजी गरेका हुन्। 

अहिले ओलीले प्रस्ताव गरेका नामहरुमा सहमति जुटाउनका लागि अध्यक्ष मण्डलको बैठक बसिरहेको छ। उक्त बैठकलगत्तै बन्द सत्र सुरु हुने र प्रस्तावित नामहरु हलमा अनुमोदनका लागि पेश गरिने भएका छन्।

प्रकाशित: Nov 28, 2021| 22:35 आइतबार, मंसिर १२, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...