काठमाडौं- नेकपा एमालेका नेता भीम रावल आठ घन्टापछि एमाले महाधिवेशनको बन्दसत्र हलबाट बाहिरिएका छन्। बन्दसत्रमा 'जे पनि हुनसक्ने' भएकाले आफूले हल नछोड्ने बताएका रावल दिउँसो दुई बजेदेखि निरन्तर हलमै रहेका थिए।
अध्यक्ष मण्डलको बैठक सुरु भएकाले त्यसमा सहभागी हुन रावल बाहिरिएका हुन्।
केपी शर्मा ओलीले पदाधिकारीसहित ३०१ प्रस्तावित केन्द्रीय कमिटी सदस्यको नामबारे अध्यक्ष मण्डलमा छलफल गर्ने भए पछि रावल छलफलमा सहभागी हुन गएका हुन्।
अध्यक्ष मण्डलमा ओलीसहित भीम रावल, अष्टलक्ष्मी शाक्य, ईश्वर पोखरेल, रामबहादुर थापा, युवराज ज्ञवालीसहित ११ जना नेता रहेका छन्।