शुक्रबार, भदौ ५, २०८३
  • गृहपृष्ठ
  • राजनीति
  • एमाले अध्यक्ष मण्डलको बैठक सुरु, केन्द्रीय कमिटीका सदस्यबारे छलफल

एमाले अध्यक्ष मण्डलको बैठक सुरु, केन्द्रीय कमिटीका सदस्यबारे छलफल

नेकपा एमालेको अध्यक्ष मण्डलको बैठक सुरु भएको छ। चितवनको सेभेन स्टार होटलमा बन्द सत्र सुरु हुनुअघि अध्यक्ष मण्डलको बैठक सुरु भएको एमालेकै एक नेताले जानकारी दिएका छन्।
 |  आइतबार, मंसिर १२, २०७८

नेपाल समय

नेपाल समय

आइतबार, मंसिर १२, २०७८

काठमाडौं- नेकपा एमालेको अध्यक्ष मण्डलको बैठक सुरु भएको छ। चितवनको सेभेन स्टार होटलमा बन्द सत्र सुरु हुनुअघि अध्यक्ष मण्डलको बैठक सुरु भएको एमाले नेता शेरबहादुर तामाङले जानकारी दिएका छन्। 

ओलीले प्रस्ताव गरेका २०१ केन्द्रीय कमिटी सदस्यको नामको विषयमा अध्यक्ष मण्डलमा छलफल गरिने भएको छ। अध्यक्ष मण्डलले उक्त नाम पारित गरेपछि बन्द सत्र हलमा ल्याएर अनुमोदन गराइने भएको हो। 

११ सदस्यीय कमिटीमा एमाले उपाध्यक्ष भीम रावललगायतका नेताहरु सदस्य छन्। एमालेको केन्द्रीय कमिटी विघटन भएपछि अध्यक्ष मण्डल निर्माण गरिएको थियो । बन्द सत्रलाई कसरी अगाडि बढाउने भन्ने सवालमा अध्यक्ष मण्डलले निर्णय गर्ने छ।

अध्यक्ष ओलीले होटल सफारीमा बसेर आइतबार दिनभर पदाधिकारी र केन्द्रीय कमिटीको रहने सदस्यहरुको नामावली टुंगो लगाएका थिए। 


प्रकाशित: Nov 28, 2021| 22:14 आइतबार, मंसिर १२, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...