काठमाडौं- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीका समर्थकहरुले बन्दसत्र स्थलमा नै नाराबाजी गरेका छन्। पार्टीमा सहमति हुनुपर्छ भन्दै कार्यकर्ताहरूले नाराबाजी गरेका हुन्।
नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली बन्दसत्र स्थलतर्फ प्रस्थान गरेसँगै कार्यकर्ताहरू नाराबाजीमा उत्रिएका हुन्। उनीहरूले ‘वी लभ यू केपी बा’ भन्दै नारा लगाएरहेका छन् । उनीहरूले ‘पार्टी फुटाउने मतियार होसियार’ भन्दै नाराबाजी गरिरहेका छन्।
बिहान ८ बजेदेखि सुरु हुने भनिएको बन्द सत्र ११ घन्टापछि सुरु गर्न ओली बन्दसत्रको हलमा प्रवेश गरेका छन्।
ओली निकट स्रोतका अनुसार ओलीले १९ पदाधिकारीसहित ३०१ केन्द्रीय समितिको नयाँ नेतृत्वको नाम प्रस्ताव गर्ने भएका छन्। तर, विष्णु पौडेलले प्रिन्ट गरेको कपीमा भने ओलीको नाम उल्लेख छ भने अन्यहरुको नाम पछि थप्ने गरी खाली राखिएको छ।