शुक्रबार, भदौ ५, २०८३

सुरु भयो एमालेको बन्द सत्र, प्रिन्टमा ओलीको मात्रै नाम

नेकपा एमालेको १० औं महाधिवेशनको बन्दसत्र सुरु भएको छ। बन्दसत्रको दोस्रो दिन सर्वसम्मति जुटाउन समय लागेपछि अबेर राति सुरु भएको हो।
 |  आइतबार, मंसिर १२, २०७८

नेपाल समय

नेपाल समय

आइतबार, मंसिर १२, २०७८

चितवन-  नेकपा एमालेको १० औं महाधिवेशनको बन्दसत्र सुरु भएको छ। बन्दसत्रको दोस्रो दिन सर्वसम्मति जुटाउन समय लागेपछि अबेर राति सुरु भएको हो। 

होटल सफारीबाट अध्यक्ष केपी शर्मा ओली बन्दसत्रस्थलभित्र केही बेरअघि मात्रै प्रवेश गरेका हुन्। 

पार्टी नेतृत्व र पदाधिकारी सहमतिमा नै टुंगो लगाउनुपर्ने भन्दै नेताहरु आइतबार दिनभरी छलफलमा व्यस्त भएपछि बन्दसत्र ढिलो गरि सुरु भएको हो।

नेकपा एमालेका उपमहासचिव विष्णु पौडेलले केन्द्रीय पदाधिकारी एवं सदस्यहरूका सबै पदमा सहमति जुटेको र नामहरू टुंगो लागेको बताएका छन्।

सौराहाको पार्क सफारी रिसोर्टमा अध्यक्ष केपी शर्मा ओलीसँग बसेर नामावली टुंगो लगाएपछि एमाले नेता पौडेल दोस्रोचोटि नामावली प्रिन्ट गरेका हुन्। 

प्रिन्ट गरिएको कागजमा अध्यक्ष ‘केपी शर्मा ओली’ लेखिएको छ भने उपाध्यक्ष खाली राखिएको छ। केन्द्रीय सदस्यहरुको नाम प्रिन्ट गरेका पौडेलले सञ्‍चारकर्मीहरुलाई सहमति जुटिसकेको बताएका हुन्।

ओली होटल सफारीबाट बाहिरिनुअघि पूर्वमाओवादी नेता लेखराज भट्टले भेट गरेका थिए। उनीहरुको भेटमा के कुराकानी भयो भन्‍नेबारे भने केही खुल्न सकेको छैन। 

विष्णु पौडेलले नामावली प्रिन्ट गराउनुअघि लाग्दा पार्क सफारी रिसोर्टबाट ईश्वर पोखरेल, महेश बस्नेत, प्रदीप ज्ञवाली लगायतका नेताहरु बाहिरिएका थिए। एमाले नेताहरु बाहिरिएपछि ओली भेट्न भट्ट सफारी छिरेका थिए। 

एमालेको नेतृत्व सर्वसम्मत चुन्ने प्रयासस्वरुप केन्द्रीय पदाधिकारी तथा केन्द्रीय समिति सदस्यको नामावलीलाई अन्तिम रुप दिएको भनिएकै समयमा पूर्व माओवादी नेता भट्ट अध्यक्ष ओलीलाई भेट्न रिसोर्ट पुगेका थिए। सेभेन स्टारमा प्रतिनिधिहरु आउन थालेका छन् ।

प्रकाशित: Nov 28, 2021| 21:49 आइतबार, मंसिर १२, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...