शुक्रबार, भदौ ५, २०८३

ओलीको प्रस्तावः वरिष्ठ उपाध्यक्षमा ईश्वर र महासचिवमा शंकर

शनिबार बिहानदेखि सर्वसम्मतिको प्रयासमा लागेका ओलीलाई वरिष्ठ उपाध्यक्षमा ईश्वर पोखरेल र सुवास नेम्वाङ र महासचिवमा विष्णु पौडेल र शंकर पोखरेलले अडान राखेपछि सकस भएको थियो।
 |  आइतबार, मंसिर १२, २०७८

नेपाल समय

नेपाल समय

आइतबार, मंसिर १२, २०७८

चितवन - नेकपा एमालेको १० औं महाधिवेशनबाट आगामी केन्द्रीय कमिटीका लागि अध्यक्ष केपी शर्मा ओलीले अन्तिम नामावली प्रस्ताव गरेका छन्। शनिबार बिहानदेखि सर्वसम्मतिको प्रयासमा लागेका ओलीलाई वरिष्ठ उपाध्यक्षमा ईश्वर पोखरेल र सुवास नेम्वाङ र महासचिवमा विष्णु पौडेल र शंकर पोखरेलले अडान राखेपछि सकस भएको थियो। 

तर, अन्तिम समयमा ओलीले वरिष्ठ उपाध्यक्षमा ईश्‍वर र महासचिवमा शंकर पोखरेललाई रोजेका हुन्। ओलीको सूचीबाट वरिष्ठ उपाध्यक्षमा दाबी गरेका सुवास नेम्वाङ र महासचिवमा दाबी गरेका विष्णु पौडेललाई भने उनीहरुले दाबी गरेको पदबाट बाहिरि राखेका छन्। 

शनिबार बन्दसत्रले अध्यक्ष ओलीलाई सर्वसम्मतिमा पार्टीको भावी नेत‌ृत्वको  नाम पेश गर्ने सर्वाधिकार दिएको थियो।

ओलीले बाँकी पदाधिकारीसहित ३०१ सदस्यीय कन्द्रीय किमटीको अन्तिम नामावली प्रस्ताव गरेको स्रोतले दाबी गरेको छ। टुंगो लागेको नामलाई अध्यक्ष ओलीले केहीबेरमा सुरु हुने बन्दसत्रमा पेश गर्ने भएका छन्। 

अरु नेताहरु नाम टुंग्याएर बन्दसत्र हल पुगे पनि अध्यक्ष ओली भने आफू बसेको पार्क सफारी होटलबाट निस्किने तयारीमा छन्। अब उक्त नाम बन्द सत्रमा सुनाइएपछि महाधिवेशन प्रतिनिधिले तालि पड्काएर अनुमोदन गर्ने भएका छन्। 

नेकपा एमालेका नेता प्रदीप ज्ञवालीले दिनभरको आफूहरूको छलफलमा कुरा मिल्यो भन्‍ने अवस्था उन्मुख रहेको बताएका छन्। नेकपा एमालेको १०औं महाधिवेशनअन्तर्गत दोस्रो दिनको बन्दसत्र अझै सुरु हुनसकेको छैन।

यसअघि माइकिङ गरेर बेलुकी ७ बजे सुरु हुने भनिएको बन्दसत्र अब ८ बजे सुरु हुने भनिएको थियो। तर, साढे ८ बजिसक्दा पनि बन्दसत्र सुरु हुनसकेको छैन।   


प्रकाशित: Nov 28, 2021| 21:08 आइतबार, मंसिर १२, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...