शुक्रबार, भदौ ५, २०८३
  • गृहपृष्ठ
  • राजनीति
  • ओलीलाई सर्वसम्मतिमै सकस भएपछि फेरि एक घण्टा सर्‍यो एमालेको बन्द सत्र

ओलीलाई सर्वसम्मतिमै सकस भएपछि फेरि एक घण्टा सर्‍यो एमालेको बन्द सत्र

एमाले महाधिवेशनमा सर्वसम्मतिका लागि प्रयास गरिरहेका ओलीले सर्वसम्मतिको सूची तयार पार्न नै सकस भएपछि बन्द सत्र एक घण्टा पछि धकेलिएको हो। एमाले महाधिवेशनमा सर्वसम्मतिका लागि प्रयास गरिरहेका ओलीले सर्वसम्मतिको सूची तयार पार्न नै सकस भएपछि बन्द सत्र एक घण्टा पछि धकेलिएको हो।
 |  आइतबार, मंसिर १२, २०७८

नेपाल समय

नेपाल समय

आइतबार, मंसिर १२, २०७८

काठमाडौं- नेकपा एमालेको १० औं महाधिवेशन अन्तर्गत दोस्रो दिन सुरु हुनुपर्ने बन्द सत्र अझै एक घण्टा सारिएको छ। एमाले महाधिवेशनमा सर्वसम्मतिका लागि प्रयास गरिरहेका ओलीले सर्वसम्मतिको सूची तयार पार्न नै सकस भएपछि बन्द सत्र एक घण्टा पछि धकेलिएको हो। 

यसअघि ओली समूहका नेता गोकुल बाँस्कोटाले बन्द सत्र ७ बजे हुने भएकोले खाना खाएर आउन महाधिवेशन प्रतिनिधिलाई आग्रह गरेका थिए। तर, ७ बजे पनि बन्द सत्र सुरु नभएको र ८ बजेबाट बन्द सत्र सुरु हुने ओली समूहकै अर्का नेता शेरबहादुर तामाङले जानकारी दिएका छन्।  

एमाले नेता शेरबहादुर तामाङका अनुसार केन्द्रीय सदस्यहरुको क्लस्टर मिलाउन पर्ने भएकाले बैठक बस्‍न थप एक घण्टा लाग्‍ने जानकारी गराएका हुन्। 

बिहानैदेखि सहमतिको प्रयासका लागि भन्दै एमाले अध्यक्ष केपी शर्मा ओलीले आफू बसेकै होटलमा पार्टीका विभिन्‍न नेताहरुसँग छलफल गरेका कारण बन्दसत्र सुरु हुन नसकेको हो। अध्यक्ष ओलीले सहमतिमै नेतृत्व चयन गर्ने पहल गरेका थिए। 

उक्त पहल अन्तर्गत उनले अध्यक्षमा उम्मेदवारी दिने घोषणा गरेका भीम रावलसँग भने कुनै परामर्श गरेका छैनन्। ओलीले भीम रावललाई बाइपास गरेरै भए पनि अघि बढ्ने चेतावनीसमेत दिइसकेका छन्।  


प्रकाशित: Nov 28, 2021| 19:49 आइतबार, मंसिर १२, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...