धनगढी- नेपाली कांग्रेस कञ्चनपुरको सभापतिमा पदम बोगटी निर्वाचित भएका छन्। उनले ८०६ मत पाएर विजयी भएका हुन्। उनी रमेश लेखक निकट हुन्। उनका प्रतिस्पर्धी बहादुरसिंह थापाले ७१५ मत पाएका छन्। उनलाई एनपी साउद समूहले सघाएको थियो।
उप–सभापतिमा भने थापा प्यानलका उमेदवार मीनबहादुर सिंह र हरी चन्द्र राना विजयी भएका छन्। सिंहले ७८६ र रानाले ७६३ मत पाएका छन्।
सचिवमा पनि थापा प्यानलकै भीमराज भट्ट र हेमराज ओझा विजयी भएका छन्। भट्टले ७२८ र ओझाले ६९४ मत पाएका छन्।
सह–सचिवमा दुवै प्यानलबाट एक-एक जना निर्वाचित भएका छन्। थापा प्यानलका नाफुसिंह साउँद र बोगटी प्यानलका पुस्कल चौधरी निर्वाचित भएका छन्।
५२ पदका लागि ९५ जना उम्मेदवार चुनावी मैदामा उत्रिएका थिए। शनिबार भएको निर्वाचनमा एक हजार ६ सय १८ मा एक हजार ५ सय ७१ मत खसेको थियो।