मंगलबार, मंसिर ११, २०८१

Siddartha premir insuranceSiddartha premir insurance

उपमहानगरको बिजुली जडान गर्दा प्राधिकरण कर्मचारीको मृत्यु

बिजुली जडानका क्रममा बुटवलमा आइतबार दिउँसो एक जना कर्मचारीको मृत्यु भएको छ भने दुई जना गम्भीर घाइते भएका छन्।
 |  आइतबार, मंसिर १२, २०७८
nespernesper

नेपाल समय

नेपाल समय

आइतबार, मंसिर १२, २०७८

बुटवल– बिजुली जडानका क्रममा बुटवलमा आइतबार दिउँसो एक जना कर्मचारीको मृत्यु भएको छ भने दुई जना गम्भीर घाइते भएका छन्।

triton college

बुटवल उपमहानगरपालिकाको नयाँ प्रशासकीय भवनमा विद्युत जडान गर्ने क्रममा करेन्ट लागेर नेपाल विद्युत प्राधिकरणका कर्मचारी ४७ वर्षिय वसन्त भुसालको मृत्यु भएको हो।  

अर्घाखाँचीको सन्धिखर्क नगरपालिका–९ घर भई हाल बुटवल गोलपार्क बस्दै आएका भुसालको अस्पताल पुर्याएलगत्तै मृत्यु भएको इलाका प्रहरी कार्यालय बुटवलले जनाएको छ। उपमहानगरको थ्रीफेज लाइन जडानका क्रममा उनलाई करेन्ट लागेको हो।

करेन्ट लागेर बुटवल–४ का २८ वर्षिय जितेन्द्र लोध र बर्दियाको राजापुर घर भई हाल बुटवल–३ बस्दै आएका २८ वर्षिय राजगोपाल चौधरी गम्भीर घाइते भएका इलाका प्रहरी कार्यालय बुटवलका प्रहरी निरीक्षक पंकज चुंदालीले जानकारी दिए।  घाइते दुवैको लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा उपचार भइरहेको छ।


प्रकाशित: Nov 28, 2021| 16:32 आइतबार, मंसिर १२, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कोसी प्रदेशमा आज सार्वजनिक बिदा

कोसी प्रदेशमा आज सार्वजनिक बिदा

देश–१ को नाम कोसी कायम भएपछि उक्त प्रदेशमा आज सार्वजनिक बिदा दिइने भएको छ।
प्रदेश १ को नाम कोशी राख्न एमालेद्वारा प्रस्ताव दर्ता

प्रदेश १ को नाम कोशी राख्न एमालेद्वारा प्रस्ताव दर्ता

प्रदेश १ को नाम कोशी राख्नका लागि सत्तारुढ नेकपा एमालेले प्रदेशसभामा प्रस्ताव दर्ता गरेको छ। 
प्रदेश १ ले आज नाम पाउँदै, कोशी हुने सम्भावना

प्रदेश १ ले आज नाम पाउँदै, कोशी हुने सम्भावना

प्रदेश १ ले बुधबार नाम पाउने भएको छ। आज बस्ने प्रदेशसभा बैठकमा नामकरण सम्बन्धि प्रस्ताव पेश हुने कार्यसूची रहेको हो। 
बागमतीबाट पनि बाहिरियो राप्रपा

बागमतीबाट पनि बाहिरियो राप्रपा

हिजोमात्रै राप्रपाले प्रचण्ड सरकारबाट बाहिरिँदै समर्थन पनि फिर्ता लिएको थियो।
म्याग्दीका असला: पारखीलाई पुर्‍याउनै मुस्किल

म्याग्दीका असला: पारखीलाई पुर्‍याउनै मुस्किल

प्राकृतिक चिकित्सालयका रूपमा परिचित तातोपानी बजार पछिल्लो समय म्याग्दी नदीको चिसो पानीमा हुर्किएका असला माछाको पारखीहरूका लागि गन्तव्यको रूपमा विकास भएको हो।