आइतबार, असार २८, २०८३
  • गृहपृष्ठ
  • प्रदेश
  • एमाले महाधिवेशन : केन्द्रीय सदस्यमा प्रदेश १ बाट ६ दर्जन आकांक्षी

एमाले महाधिवेशन : केन्द्रीय सदस्यमा प्रदेश १ बाट ६ दर्जन आकांक्षी

इलामका सुवासचन्द्र नेम्वाङ वरिष्ठ उपाध्यक्ष पदका आकांक्षी हुन् भने मोरङका लालबाबु पण्डित र झापाका देवराज घिमिरे उपाध्यक्षका आकांक्षी छन्।
 |  मंगलबार, कात्तिक १४, २०७४

नेत्र पी अधिकारी

नेत्र पी अधिकारी

मंगलबार, कात्तिक १४, २०७४

चितवन- नेकपा एमालेको केन्द्रीय कमिटी कमिटीमा ६ दर्जनभन्दा बढीले आकांक्षा देखाएका छन्। महाधिवेशन उद्घाटन भइसक्दा नेताहरूले आफ्नो  उम्मेदवारी घोषणालाई पनि तीव्रता दिएका छन्। 

इलामका सुवासचन्द्र नेम्वाङ वरिष्ठ उपाध्यक्ष पदका आकांक्षी हुन् भने मोरङका लालबाबु पण्डित र झापाका देवराज घिमिरे उपाध्यक्षका आकांक्षी छन्। 

सचिवमा सुनसरीका भीम आचार्य, ताप्लेजुङका योगेश भट्टराई, भोजपुरका शेरधन राई, झापाका हिक्मत कार्की , मोरङका जीवन घिमिरे, भानुभक्त ढकाल, डा.शिवमाया तुम्वाहाम्फे र गुरु बराल, संखुवासभाबाट राजेन्द्र गौतम आकांक्षी छन्। 

पदाधिकारीमा आकांक्षी धेरै देखिए पनि नेतृत्वले सर्वसम्मतिको प्रयास भईरहेको एक केन्द्रीय सदस्यले बताए। 

केन्द्रीय सदस्यमा मात्रै प्रदेश १ का ५ दर्जनभन्दा बढीले आकांक्षा देखाएका छन्। मोरङबाट विनोद ढकाल, नरेश पोखरेल, ज्ञानेन्द्र सुवेदी, मधु गुरूङ, डिपी राई, रामकुमार बस्नेत, घनश्याम खतिवडा, यशोदा अधिकारीले केन्द्रीय सदस्यमा आकांक्षा देखाएका छन्। सुनसरीबाट जगदीश कुसीयत, धर्मराज निरौला, जयकुमार राई, भगवती चौधरी, तैयव हुसेन, रेवतिरमण भण्डारी, द्वारिकलाल चौधरी, डिबी शाह शंकर, लक्ष्मी गौतम, सर्वध्वज साँवा, मीरा आचार्य, अमृत सुब्बा, झापाबाट नरेश खरेल, देवेन्द्र दाहाल, रोम ओली, मेनुका काफ्ले, रविन कोइराला, दीपक कार्की, एलपी सावाँ, जसमाया गजमेर, अर्जुन राई, इन्द्र भण्डारी, दुर्गा प्रसाईं आकांक्षी देखिएका छन्। केन्द्रीय सदस्यका आकांक्षीहरूले सामाजिक सञ्जाल मार्फत उम्मेदवारी घोषणा गरिरहेका छन्। 

त्यसैगरी ईलामबाट राम राना र गणेश बराल केन्द्रीय सदस्यका आकांक्षी छन्। पाँचथरबाट अइन्द्र सुन्दर नेम्वाङ, बसन्त नेम्वाङ, डम्बरध्वज सम्वाहाम्फे र ताप्लेजुङबाट टंक आङ्बुहाङ आकांक्षी छन्। धनकुटाबाट राजेन्द्र राई, संखुवासभाबाट तुलसी न्यौपाने, मुरारी खतिवडा, भवीश्वर गुरूङ, विदुर लिङ्थेप उम्मेदवार बन्ने तयारीमा छन्। तेह्रथुमबाट तेजमान कन्दङ्वा, भोजपुरबाट हरि राई र प्रेम राई, खोटाङबाट विशाल भट्टराई, उषाकला राई, रमेश पौडेल, पिके राई, पूर्ण घले, हरि पोखरेल, सोलुखुम्बुबाट बुद्धिकुमार राजभण्डारी, मानवीर राई, ओखलढुङ्गाबाट यज्ञराज सुनुवार, किशोर अधिकारी, बालकृष्ण ढुङ्गेल, उदयपुरबाट खड्गबहादुर परियार, मञ्जु चौधरी, दुर्गा थापा केन्द्रीय सदस्यका आकांक्षी हुन्।

२४१ सदस्यीय केन्द्रीय कमिटीमा आकांक्षी धेरै देखिएपछि सर्वसम्मत गराउन नेतृत्वलाई सकस छ। पदाधिकारीबाहेक केन्द्रीय सदस्यमा मतदान हुने संभावना देखिएको नेताहरूको भनाइ छ। 

शुक्रबार राति बोलाईएको केन्द्रीय कमिटी बैठकले पदाधिकारीको संख्या बढाउने तयारी गरिएको बताइएको छ। यद्यपि यो विषयमा आधिकारिक धारणा सार्वजनिक भएको छैन। 

प्रकाशित: Oct 31, 2017| 12:12 मंगलबार, कात्तिक १४, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कोसी प्रदेशमा आज सार्वजनिक बिदा

देश–१ को नाम कोसी कायम भएपछि उक्त प्रदेशमा आज सार्वजनिक बिदा दिइने भएको छ।

प्रदेश १ को नाम कोशी राख्न एमालेद्वारा प्रस्ताव दर्ता

प्रदेश १ को नाम कोशी राख्नका लागि सत्तारुढ नेकपा एमालेले प्रदेशसभामा प्रस्ताव दर्ता गरेको छ। 

प्रदेश १ ले आज नाम पाउँदै, कोशी हुने सम्भावना

प्रदेश १ ले बुधबार नाम पाउने भएको छ। आज बस्ने प्रदेशसभा बैठकमा नामकरण सम्बन्धि प्रस्ताव पेश हुने कार्यसूची रहेको हो। 

बागमतीबाट पनि बाहिरियो राप्रपा

हिजोमात्रै राप्रपाले प्रचण्ड सरकारबाट बाहिरिँदै समर्थन पनि फिर्ता लिएको थियो।

म्याग्दीका असला: पारखीलाई पुर्‍याउनै मुस्किल

प्राकृतिक चिकित्सालयका रूपमा परिचित तातोपानी बजार पछिल्लो समय म्याग्दी नदीको चिसो पानीमा हुर्किएका असला माछाको पारखीहरूका लागि गन्तव्यको रूपमा विकास भएको हो।