आइतबार, कात्तिक ३०, २०८२

'मेरी मामु' को फष्टलुक सार्वजनिक

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

National life
Laxmi sunrise bank
kumari
काठमाडौं- आगामी भाद्र १५ गतेदेखि देशव्यापी प्रदर्शनमा आउने चलचित्र 'मेरी मामु' को फष्टलुक सार्वजनिक भएको छ । 

प्रेमगीत जस्तो हिट फिल्म निर्माण गरिसकेको आसुसेन फिल्मसको चौथो प्रस्तूति रहको मेरी मामुमा निर्माता सन्तोष सेनकै कान्छा छोरा आयुव सेनको मूख्य भूमिका रहेको छ। 

पोष्टरमा सेन पुत्र आयुवकै फिचर छ। आमा र छोराको सम्बन्ध बोकेका कथा 'मेरी मामु' मा आयुवका साथै नायिका अश्लेशा ठकुरी, नायिका सारुक ताम्राकार, कुसुम गुरुङ र दुर्गा मल्लको समेत अभिनय रहने निर्माण पक्षले जनाएको छ।
 
यम थापाको लेखन तथा निर्देशन गरेका 'मेरी मामु' अहिले छायांकनकै क्रममा छ। ७० प्रतिशत छायांकन सकिएको र यो महिनाको अन्त्यसम्म छायांकन पनि सकिने जानकारी दिए।

'मेरी मामु' को छायांकनको साथै सम्पादन, स्वारांकन र पार्श्व संगीत तथा पोष्ट प्रोडक्सन एकैसाथ भइरहेको छ।  

 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्