शुक्रबार, कात्तिक २८, २०८२

पुस १५ मा ‘कठपुतली’ रिलिज हुने

कोरोना संक्रमण मत्थर भएसँगै नेपाली निर्माताहरूले फिल्मको प्रदर्शन मिति घोषणा गर्न थालेका छन्।
 |  शुक्रबार, मंसिर १०, २०७८

नेपाल समय

नेपाल समय

शुक्रबार, मंसिर १०, २०७८

काठमाडौं- कोरोना संक्रमण मत्थर भएसँगै नेपाली निर्माताहरूले फिल्मको प्रदर्शन मिति घोषणा गर्न थालेका छन्। तिहारमा रिलिज भएको बलिउड फिल्म ‘सूर्यवंशी’ ले हलमा दर्शक फर्काएपछि नेपाली निर्मातामा झन् मनोबल बढेको छ। तिहारयता आधा दर्जन ठूला फिल्मले प्रदर्शन मिति घोषणा गरिसकेका छन्। यसबीच, हरर फिल्म ‘कठपुतली’ ले पनि प्रदर्शन मिति घोषणा गरेको छ।

National life

अंग्रेजी नयाँ वर्षको अवसर पारेर आउँदो पुस १५ गते (डिसेम्बर ३०) लाई निर्माण टिमले फिल्मको प्रदर्शन मिति घोषणा गरेको हो। तमु ल्होसारको सार्वजनिक बिदा भएकाले फिल्म बिहीबारबाटै प्रदर्शनमा आउनेछ। 

सार्वजनिक विदामा फिल्म प्रदर्शन गर्न पाइने व्यवस्था छ। यसैले निर्माण टिमले तमु ल्होसारको सार्वजनिक विदालाई मध्यनजर गर्दै फिल्म प्रदर्शन गर्न लागेको हो। सम्पदा मल्लले लेखेको फिल्मका निर्देशक भीमसेन लामा हुन्।

हालै अमेरिकाको प्रतिष्ठित इन्टरनेशनल फिल्म फेस्टिभल ‘विन्टर फिल्म अवार्ड’ मा दुई वटा अवार्ड जितेको ‘कठपुतली’ मा गौरी मल्ल, मिथिला शर्मा, कर्मा, शिल्पा मास्के, उषा रजक, सुवर्ण थापालगायतको अभिनय छ। पृथ्वी राना मगर निर्माता रहेको फिल्मको कार्यकारी निर्माता सम्पदा मल्ल, सहनिर्मातामा विशाल गुरुङ, धर्म श्रेष्ठ र हेम थापा छन्। फिल्मको पोस्ट प्रोडक्सनको सम्पूर्ण काम लण्डनको स्टुडियोमा भएको हो। 

पृथ्वी राना प्रोडक्सनको ब्यानरमा निर्मित ‘कठपुतली’ नेपालमा बनेका अन्य हरर फिल्मभन्दा एकदमै भिन्न रहेको निर्देशक लामाले दाबी गरेका छन्। उनी यो फिल्मलाई आफ्नो ड्रिम प्रोजेक्ट बताउँछन्। 

Laxmi sunrise bank
kumari

यो फिल्मका सिनेमाटोग्राफर जोएल फ्रुमले अस्ट्रेलियन सिनेमाटोग्राफर सोसाइटीले प्रदान गर्ने अवार्डमा फिचर फिल्म अन्तर्गत ‘वेस्ट सिनेमाटोग्राफर अवार्ड २०२१’ समेत जितेका छन्।

प्रकाशित: Nov 26, 2021| 11:37 शुक्रबार, मंसिर १०, २०७८
प्रतिक्रिया दिनुहोस्