शुक्रबार, भदौ ५, २०८३

३२ जिल्लामा कांग्रेस अधिवेशन सम्पन्न, कुन जिल्लामा को सभापति?

नेपाली कांग्रेसले आसन्न १४औं महाधिवेशनअन्तर्गत बिहीबारसम्म ३२ जिल्लामा जिल्ला अधिवेशन सम्पन्न गरेको छ।
 |  बिहीबार, मंसिर ९, २०७८

नेपाल समय

नेपाल समय

बिहीबार, मंसिर ९, २०७८

काठमाडौं– नेपाली कांग्रेसले आसन्न १४औं महाधिवेशनअन्तर्गत बिहीबारसम्म ३२ जिल्लामा जिल्ला अधिवेशन सम्पन्न गरेको छ। बाँकी जिल्लामा पूर्व निर्धारित कार्यतालिकाअनुसार शुक्रबारदेखि जिल्ला अधिवेशन प्रारम्भ हुने कांग्रेसको केन्द्रीय निर्वाचन समितिले जनाएको छ।

एक मात्र प्रतिनिधिसभा निर्वाचन क्षेत्र भएका ३५ जिल्लामध्ये रसुवाबाहेक सबैमा पार्टीको जिल्ला अधिवेशन भएको र परिणाम आउने क्रममा रहेको समितिका सचिव जगन्नाथ श्रेष्ठले जानकारी दिए।

यसैगरी १६५ प्रतिनिधिसभा निर्वाचन क्षेत्रमध्ये हाल १२२ निर्वाचन क्षेत्रमा क्षेत्रीय अधिवेशन भएको र बाँकीमा अधिवेशन हुने क्रममा छ। 

चौधौँ महाधिवेशनका लागि गत भदौ १८ गतेदेखि वडास्तरीय अधिवेशन प्रारम्भ गरेको कांग्रेसले त्यसयता अधिकांश जिल्लामा पालिकास्तरको अधिवेशन र प्रदेशसभा क्षेत्रीय अधिवेशन सम्पन्न गरिसकेको छ।

अधिवेशन प्रारम्भ भएका जिल्लामा मतदान भई परिणाम प्राप्त भइरहेको, मनोनयन गरी मतदान भइरहेको, सर्वसम्मतिको प्रयास भइरहेको छ। प्रतिनिधिसभा क्षेत्रीय अधिवेशनबाट पार्टीको केन्द्रीय नेतृत्व चयन गर्ने महाधिवेशन प्रतिनिधि निर्वाचित हुन्छन्। हालको विधानअनुसार प्रत्येक निर्वाचन क्षेत्रबाट कम्तीमा २५ जना र बढीमा २७ जनाका दरले महाधिवेशन प्रतिनिधि चयन हुने व्यवस्था छ।

हाल प्रारम्भ भइसकेका १२२ निर्वाचन क्षेत्रबाट तीन हजार बढी महाधिवेशन प्रतिनिधि चयन भइसकेका छन्। चौधौँ महाधिवेशनका लागि गत भदौ १८ गतेदेखि वडास्तरीय अधिवेशन प्रारम्भ गरेको कांग्रेसले त्यसयता अधिकांश जिल्लामा पालिकास्तरको अधिवेशन र प्रदेशसभा क्षेत्रीय अधिवेशन सम्पन्न गरिसकेको छ।

कांग्रेसको पछिल्लो संशोधित अधिवेशन कार्यतालिकाअनुसार प्रतिनिधिसभा निर्वाचन क्षेत्रीय अधिवेशन÷एक क्षेत्रमात्र प्रतिनिधिसभा निर्वाचन क्षेत्र भएको जिल्ला अधिवेशन मङ्सिर ६ गते लागि निर्धारण गरिएको थियो।

यसैगरी एकभन्दा बढी प्रतिनिधिसभा निर्वाचन क्षेत्र भएका जिल्लाको जिल्ला अधिवेशन भोलि हुँदैछ भने प्रदेश अधिवेशन १६ र १७ गते गर्ने कार्यतालिका छ। कांग्रेसको १४ औं महाधिवेशन मङ्सिर २४ देखि २६ गतेसम्म काठमाडौँमा हुनेछ।

कुन जिल्लामा को सभापति?

डोटी – नरेन्द्रबहादुर सिंह

डोल्पा– दीपेन्द्रबहादुर शाही

जुम्ला – कर्णबहादुर शाही

जाजरकोट – बेदराज सिंह

ओखलढुंगा– तेजेन्द्र खनाल

लमजुङ – टकराज गुरुङ

डडेलधुरा – भीमबहादुर साउद

पाँचथर – रुपनारायण जवेगु

सल्यान – केसबहादुर बिष्ट

रोल्पा –किशोर आचार्य

मनाङ – शंकर गुरुङ

बझाङ – खडक बोहरा

हुम्ला – मोहनविक्रम सिंह

ताप्लेजुङ – गजेन्द्र तुम्याहाङ

रामेछाप – कान्छाराम तामाङ

मुगु – ऐनबहादुर शाही

म्याग्दी – खमबीर गर्बुजा

दोलखा – बर्मा लामा

कालीकोट – अम्मबहादुर शाही

बाजुरा – रामसिंह रावल

रुकुम पश्चिम– प्रेमप्रकाश वली

तेह्रथुम–अर्जुनबहादुर तुम्बाहाङ्फे

भोजपुर – विनोद बान्तावा

प्यूठान – विष्णुकुमार गिरी

अर्घाखाँची – केशव श्रेष्ठ

बैतडी – चतुरबहादुर चन्द

रुकुमपूर्व – केशरमान रोका

मुस्ताङ – रोमी गौचन थकाली

संखुवासभा – दीपक खड्का

गोरखा – नन्दप्रसाद न्यौपाने


प्रकाशित: Nov 25, 2021| 13:53 बिहीबार, मंसिर ९, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...