सुर्खेत- नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले प्रदेशस्तरीय कार्यकर्ता भेलालाई सम्बोधन गर्ने भएका छन्। भेलालाई सम्बोधन गर्न आज (बेलुकासम्म) सुर्खेत आउन लागेका हुन्।
समाजवादीले बिहीबार साँझ कर्णाली प्रदेश कमिटीको बैठक र भोली (शुक्रबार) अगुवा कार्यकर्ता भेलालाई सम्बोधन गर्न लागेको छ। सोही बैठक र भेलालाई सम्बोधन गर्न नेपाल सुर्खेत आउन लागेको समाजवादीका कर्णाली प्रदेशका अध्यक्ष अम्मरबहादुर थापाले जानकारी दिए।
अध्यक्ष नेपालले प्रदेश कमिटीका पदाधिकारीहरूलाई सपथ खुवाउने छन्। सपथ ग्रहणपछि प्रदेश कमिटी पहिलो बैठक बस्ने छ। बैठकमा जिल्लाबाट पार्टीको कार्यप्रगतिबारे रिपोर्टिङ गर्ने, कार्य विभाजन गर्ने, विभिन्न विभाग, समन्वय कमिटी, परिषद् निर्माण गर्ने, सदस्यता नविकरण लगायतका एजेण्डामाथि छलफल हुने अध्यक्ष थापाले बताए।