शुक्रबार, भदौ ५, २०८३

एमाले महाधिवेशनको सबै तयारी पूरा

मंसिर १० देखि १२ गतेसम्म चितवनमा हुने महाधिवेशनको सम्पूर्ण तयारी पूरा भएको आतिथ्य सत्कार शाखा नेकपा (एमाले) चितवनले जनाएको छ।
 |  बिहीबार, मंसिर ९, २०७८

नेपाल समय

नेपाल समय

बिहीबार, मंसिर ९, २०७८

चितवन- नेपाल कम्युनिष्ट पार्टी (एमाले)को आसन्न १०औँ राष्ट्रिय महाधिवेशनको सम्पूर्ण तयारी पूरा भएको छ। मंसिर १० देखि १२ गतेसम्म चितवनमा हुने महाधिवेशनको सम्पूर्ण तयारी पूरा भएको आतिथ्य सत्कार शाखा नेकपा (एमाले) चितवनले जनाएको छ। 

जिल्ला अध्यक्ष पार्वती रावलकाअनुसार जिल्लाका विभिन्न स्थानमा स्वागतद्वार निर्माण, उद्घाटन सत्रको मञ्च निर्माण तथा बन्दसत्र हुने हल निर्माणसहित आवास व्यवस्थापनको सबै काम पूरा भएको हो। मंसिर १०मा उद्घाटन हुने महाधिवेशन स्थलमा मञ्च निर्माण, सेल्फी प्वाइन्ट निर्माण, गैँडाको मस्कट निर्माण सहितका सबै काम पूरा भएको जिल्ला अध्यक्ष रावलले बताइन्। 

जिल्ला प्रवेश गर्ने विभिन्न नाका र जिल्लाका मुख्य राजमार्गमा ४५ भन्दा बढी स्वागतद्वार निर्माण गरिएको रावलले बताइन्।

राजमार्गको दुवै छेउमा नेकपा एमाले र अनेरास्ववियुको झण्डा तथा ध्वजापताका राखिएको छ। एमाले महाधिवेशनका लागि चितवनका राजमार्ग तथा महाधिवेशन स्थल र बन्दसत्र हुने स्थानलाई सिँगारिएको छ। महाधिवेशनको उद्घटन सत्रमा चितवनबाट मात्रै एक लाख र देशभरीबाट पाँच लाख जनसहभागिता जनाउने गरी समन्वय भइरहेको नेकपा एमाले चितवनले जनाएको छ। 

महाधिवेशनका क्रममा जिल्लाका विभिन्न स्थानमा एमालेको ६० हजार भन्दा बढी झण्डा, विद्यार्थी संगठन अनेरास्ववियुको झण्डा, अखिल नेपाल महिला संघको झण्डा सहितका झण्डाहरू सडक किनारमा राखिएको प्रचार सहयोग समिति चितवनका संयोजक विजय सुवेदीले जानकारी दिए। 

महाधिवेशनलाई लक्षित गर्दै चितवनको सीमानाकाहरु मौवाखोला, मुग्लिन, पुलचोक तथा लोथरदेखि नै महाधिवेशनमा सहभागी हुने प्रतिनिधि तथा पाहुनलाई स्वागत गर्नेगरी स्वागतद्वार तथा पार्टीका झण्डाहरू राखिएको छ।

नेकपा एमालेको महाधिवेशनमा आउने प्रतिनिधि, स्वदेशी तथा विदेशी पाहुना गरी तीन हजार ५०० जनाका लागि आवस व्यवस्थापनको काम भएको आवास व्यवस्थापन समितिका संयोजक एवं संघीय सांसद कृष्णभक्त पोखरेलले बताए। महाधिवेशनका लागि विभिन्न जिल्लाबाट प्रतिनिधिहरु आउने क्रम सुरु भइसकेको छ।

प्रकाशित: Nov 25, 2021| 13:24 बिहीबार, मंसिर ९, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...