शुक्रबार, भदौ ५, २०८३

एमाले महाधिवेशनमा अनेमसंघले लैंगिक हिंसाको निगरानी गर्ने

चितवनमा शुक्रबारदेखि हुन लागेको नेकपा एमालेको महाधिवेशनमा एमालेको महिला संगठन अखिल नेपाल महिला संघ (अनेमसंघ)ले लैंगिक हिंसाको निगरानी गर्ने भएको छ।
 |  बिहीबार, मंसिर ९, २०७८

नेपाल समय

नेपाल समय

बिहीबार, मंसिर ९, २०७८

चितवन– चितवनमा शुक्रबारदेखि हुन लागेको नेकपा एमालेको महाधिवेशनमा एमालेको महिला संगठन अखिल नेपाल महिला संघ (अनेमसंघ)ले लैंगिक हिंसाको निगरानी गर्ने भएको छ।

महाधिवेशनमा ठूलो संख्यामा मानिसहरुको सहभागिता हुने भएकाले कुनै पनि खालको दुर्व्यवहारका साथै लैंगिक हिंसाका घटना हुन नदिनको लागि संयमता अपनाउन अपिल संघले गरेको हो। संघको प्रचार विभाग प्रमुख शर्मिला कार्कीले नारायणी नदी किनारमा हुने १०औँ महाधिवेशनको उद्घाटन कार्यक्रममा त्यस्ता लैंगिक हिंसा तथा दुर्व्यवहारका घटनाको जोखिम हुनसक्ने भएकाले अनेमसंघले निगरानी गर्ने जानकारी दिइन्।

अनेमसंघले आजबाट सुरु भएको लैंगिक हिंसा विरुद्धको १६ दिने अभियानको अवसरमा समेत शुभकामना व्यक्त गर्दै हिंसामाथि प्रतिकार गर्न र हिंसा नगर्न नगराउन सबैसँग अनुरोध समेत गरेको छ।

प्रकाशित: Nov 25, 2021| 13:14 बिहीबार, मंसिर ९, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...