मंगलबार, असोज ६, २०८३
  • गृहपृष्ठ
  • भिडियो
  • बिहानी समाचार : महाधिवेशनका लागि ओली चितवन जाँदै, प्रधानन्यायाधीश विरुद्ध मार्चपास

बिहानी समाचार : महाधिवेशनका लागि ओली चितवन जाँदै, प्रधानन्यायाधीश विरुद्ध मार्चपास

महाधिवेशनमा सहभागि हुन एमाले अध्यक्ष वली चिवन जादै, 'घरैबाट शुरु गरौं, महिला हिंसा अन्त्य गरौं' भन्ने नाराका साथ अभियान सुरु
 |  बिहीबार, मंसिर ९, २०७८

नेपाल समय

नेपाल समय

बिहीबार, मंसिर ९, २०७८

काठमाडौं- इजलास तोक्न गोलाप्रथा प्रणाली लागू गर्ने मिति निश्चित गर्न बिहीबार सर्वोच्च अदालतको पूर्ण बैठक फूलकोर्ट बस्दै छ। 

प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराविना १८ न्यायाधीशको बैठक बस्न लागेको हो। मंसिर १५ गतेदेखि गोलाप्रथा प्रणाली लागू गर्ने न्यायाधीशहरूको तयारी छ। फूलकोर्टमा न्यायाधीश ईश्वरप्रसाद खतिवडा भने नहुने भएका छन्। उनी बिदामा बसेको सर्वोच्च अदालत प्रशासनले जनाएको छ। बिहीबारको फूलकोर्ट पनि यसअघि गत बिहिबार बसेजसरी न्यायाधीशहरु मात्रै बस्ने र न्ययााधीशहरुले निर्णय गरेर प्रधानन्यायाधीशबाट हस्ताक्षर गराउने तयारी छ। 

प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबराको राजीनामा माग्दै नागरिक समाजसहित विभिन्न पेसागत संगठनले आज मार्चपास गर्दैछन्। 

नेपाल बार एसोसिएशनको आह्वानमा पत्रकार महासंघ, शिक्षक महासंघ, इन्जिनियर्स एसोसिएसन, जनस्वास्थ्य संघ, आदिवासी-जनजाति महासंघ र बृहत् नागरिक आन्दोलनले संयुक्त मार्चपास गर्न लागेका हुन्। दिउँसो २ बजे सुरु हुने मार्चपासलाई 'बालुवाटार न्यायमार्च' नाम दिइएको छ।

मार्च पासमा सहभागी हुन बारले सर्वसाधारणहरूलाईसमेत आग्रह गरेको छ। बालुवाटारमा करिब एक घण्टा दिने बारको तयारी छ। धर्नापछि प्रधानमन्त्री शेरबहादुर देउवालाई भेट्ने योजनामा आफूहरू रहेको बारका अध्यक्ष चण्डेश्वर श्रेष्ठले बताए। 

महाधिवेशनमा सहभागि हुन एमाले अध्यक्ष वली चिवन जादै

भोलिबाट हुने नेकपा एमालेको दशौं राष्ट्रिय महाधिवेशनमा सहभागि हुन अध्यक्ष केपी शर्मा ओली बिहिबार चितवन पुग्ने भएका छन्। 

ओली बिहीबार बिहान करिब ११ बजे चितवन पुग्ने एमाले पार्टी कार्यालय सचिव शेरबहादुर तामाङले जानकारी दिए। यसैबिच चितवनको सौराहामा हुने नेकपा एमालेको १०औँ राष्ट्रिय महाधिवेशनको तयारी अन्तिम चरणमा पुगेको छ। भोली मंसिर १० देखी १२ गतेसम्म हुने महाधिवेशनका लागि १५ सय सुरक्षाकर्मी परिचालन हुने आयोजकले जनाएको छ।

प्रतिनिधी र देशीबिदेशी आगन्तुकहरुका लागि सौराहाका सबै होटल बुकिङ गरिसकिएको छ भने महाधिवेशन स्थलमा आवतजावतलाई सहज बनाउनका लागि आसपासका १३ स्थानमा सवारीसाधन पार्किङस्थल तयार गरिएको छ।

'घरैबाट शुरु गरौं, महिला हिंसा अन्त्य गरौं' भन्ने नाराका साथ अभियान सुरु

बिहीबारदेखि लैंगिक हिंसा विरुद्वको १६ दिने अभियान सुरु हुँदैछ। ‘घरैबाट सुरु गरौं, महिला हिंसा अन्त्य गरौं’ भन्ने राष्ट्रिय नाराका साथ अभियान सुरु हुन लागेको हो। राष्ट्रिय महिला आयोगले ७५ प्रतिशत हिसां घर, नजिकका आफन्तबाट हुने गरेको पाइएको जनाएको छ। 

आयोगले १६ दिने अभियानका क्रममा नेपाल पक्ष रहेका महिलाविरुद्ध हुने सबै प्रकारका भेदभाव उन्मूलन गर्ने महासन्धी सीड तथा अन्य अन्तराष्ट्रिय दस्तावेजको कार्यन्वयन सम्बन्धी अन्तरक्रिया कार्यक्रम गर्ने, छाउपडी प्रथा, बालविवाह, दाईजोलगायत प्रथा अन्त्यका लागि कर्णाली, सुदुरपश्चिम प्रदेश तथा प्रदेश दुई केन्द्रित अन्तरक्रिया कार्यक्रम गर्ने र अपाङ्गता भएका महिलाहरुको हक अधिकार संरक्षणका विषयमा सरोकारवाला निकायबीच अन्तरक्रिया गर्ने आयोजले जनाएको छ।

दूधको मूल्य प्रतिलिटर कम्तिमा ६ देखि १० रुपैयाँले बढ्ने

कृषि तथा पशुपन्छी विकास मन्त्रालयले दूधको मूल्य प्रतिलिटर कम्तिमा ६ देखि १० रुपैयाँले बढाउने तयारी गरेको छ। 

सरोकारवालासँग छलफल गरिरहेको कृषि मन्त्रालयअन्तर्गतको राष्ट्रिय दुग्ध विकास बोर्डले केहि दिनभित्रै मूल्य बढाउने तयारी गरेको हो। बोर्डसँग भएको छलफलमा किसान तथा उद्योगीले आ-आफ्नो तर्फबाट मूल्य प्रस्ताव गरेका छन्।

किसानको तर्फबाट केन्द्रीय दुग्ध सहकारी संघ लिमिटेडले प्रतिलिटर १४ रुपियाँ र डेरी उद्योगीबाट नेपाल डेरी एसोसिएसन तथा डेरी उद्योग संघले १० रुपियाँ वृद्धि गर्नुपर्ने प्रस्ताव गरेका छन्। यस्तै केन्द्रीय पशुपालन सहकारी संघले हालको मूल्यमा २० प्रतिशत थपेर मूल्य वृद्धि गर्नु पर्ने प्रस्ताव गरेको छ। सरकारले प्रतिलिटर छ रुपियाँ वृद्धि गर्ने मनस्थिति बनाएको छ। 

मौसमका कारण आन्तरिक उडान प्रभावित

तुवाँलो र हुस्सुका कारण भिजिबिलिटी कम हुँदा आन्तरिक उडान प्रभावित भएका छन्। मौसमविद्का अनुसार अहिले  भिजिबिलिटी १५ सय मिटरमा झरेको छ। विराटनगर, भरतपुर, भोजपुर, दाङ, राजविराज, सुर्खेत, धनगढी लगायतका क्षेत्रमा उडान रोकिएको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयले जनाएको छ। तुवाँलो हटेपछि उडान सुरु हुने छ।

अहिले आन्तरिक उडान प्रभावित भए पनि अन्तर्राष्ट्रिय उडानमा भने कुनै समस्या नरहेको  कार्यालयले जनाएको छ।

ताइवानलाई अनावश्यक महत्व नदिन अमेरिकालाई चीनको चेतावनी

चीनले ताइवानलाई अनावश्यक महत्व नदिन र उसको स्वतन्त्रताबारे नबोल्न अमेरिकालाई चेतावनी दिएको छ। 

लोकतन्त्रका लागि अमेरिकाले आयोजना गरेको शिखर सम्मेलनमा ताइवानलाई निम्तो दिएपछि चीनले यस्तो चेतावनी दिएको हो। अमेरिकी निम्तोको कडा शब्दमा विरोध गर्दै चीनका  विदेश मन्त्रालयका प्रवत्ता झाओ लिजियानले अमेरिका एक चीन नीतिप्रति प्रतिबद्ध हुनु पर्ने सुझाव दिएका छन्।

यही ९ र १० डिसेम्बरमा आयोजना हुने भर्चुअल सम्मेलनमा अमेरिकाले ताइवानसहित ११० देशलाई बोलाएको छ। तर, चीन, रुस, अफगानिस्तानलगायत केही देशलाई भने बोलाएको छैन्। 



प्रकाशित: Nov 25, 2021| 11:01 बिहीबार, मंसिर ९, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

स्वास्थ्यका लागि कति निन्द्रा उपयुक्त?

स्वस्थ रहनका लागि कति घण्टा सुत्नुपर्छ? ८ घण्टा, ९ घण्टा या त्यो भन्दा कम? हालै क्याम्ब्रिज विश्वविद्यालय मनोचिकित्सा विभागले गरेको एक अध्ययनअनुसार ३५ वर्षको उमेरपछि...

भृकुटीमण्डपमा रोटीमेला

भृकुटीमण्डपमा रोटीका ५० परिकारको प्रदर्शनी गरिएको छ।

गठबन्धनमा मिलेन भागबन्डा, सन्दीप लामिछाने कालोसूचीमा [२०७९-५-२६]

माओवादी, नेकपा एस, जसपा र कांग्रेसले आफ्नो वास्तविक शक्तिभन्दा बढी सिटमा दाबी गरेका कारण भागबन्डा मिलाउन नसकिएको राष्ट्रिय जनमोर्चाको भनाइ छ।

७५ जिल्ला पुग्यो डेंगु, बिटक्वाइन कारोबारविरुद्ध कडा कानुन [२०७९-५-२०]

सांसदहरूको कार्यकाल लम्ब्याउने गरी ल्याइएको विधेयकप्रति निर्वाचन आयोगको आपत्ति, प्रस्तावले गलत सन्देश प्रवाह हुने भएकाले फिर्ता लिने संकेत।

भदौ २७ देखि डा केसीको अनशन, मन्त्रीमाथि खनिए सिसडोलबासी [२०७९-५-१२]

विद्यालयका कर्मचारीले एक हप्ताको लागि विद्यालय बन्द गर्ने भएका छन्। एक विज्ञप्ति जारी गर्दै पियन–लेखापालले आजबाट १८ गतेसम्म विद्यालय बन्द गर्ने जनाएका छन्।